१५ वर्षको उमेरमै चर्चा बटुलेका मेक्सम
मनोरञ्जन


१५ वर्षको उमेरमै चर्चा बटुलेका मेक्सम

मनोरञ्जन 57 पटक पढिएको प्रकाशित मिति:



१५ वर्षको उमेरमै चर्चा बटुलेका मेक्सम

गायक मेक्सम खाती क्षेत्रीलाई किशोरावस्थामै गायकका रूपमा चर्चा कमाउँछु भन्ने कल्पनासम्म थिएन । तर, ०६८ मा उनको स्वरमा रेकर्ड भएको गीत ‘सानु कहाँ छौ’ हिट भयो । गीतसँगै उनको नाम सांगीतिक क्षेत्रमा परिचित बन्यो । १५ वर्षको उमेरमै मेक्सम धेरैको नजरमा परे । यो उनको दोस्रो गीत थियो ।

०६७ मा ‘लाहुरे हो कि ड्राइभर’ बोलको गीत मेक्समले गायिका मुना थापासँग गाएका थिए । तर, यो गीतले खासै चर्चा पाएन । तर, इनिङका रूपमा उनले सहोदर दाइ गायक एवं संगीतकार नरेश खातीको संगीत तथा शिव हमालको शब्दमा ‘सानु कहाँ छौ’ गाए । यही गीतले उनलाई चर्चामा पुर्‍यायो ।

मेक्समले अहिलेसम्म तीन दर्जन गीत गाइसकेका छन् । तर, अन्य गीतले पनि ‘सानु कहाँ छौ’को रेकर्ड तोड्न नसकेको उनै स्विकार्छन् । तर, ‘आइ लभ यु, आइ मिस यु’ बोलको आधुनिक गीत, ‘रसिलो छ बोली’, ‘गुल्मी लाने हो’, ‘यो ज्यान तिम्रै नाउँमा’लगायतका लोकदोहोरी गीतले चर्चा नकमाएका भने होइनन् । उनले पछिल्लो समय आफ्नै शब्द र संगीतमा पप गीतसमेत गाएका छन् ।

हाल २२ वर्षको उमेरमा हिँडिरहेका मेक्समले थुप्रै ‘यङ’ फ्यान बटुलेका छन् । ‘भर्खर ११–१२ वर्षका बहिनीहरूसमेत प्रेम प्रस्ताव गर्छन् । तर, सांगीतिक उचाइ नलिएसम्म यो लफडातिर नलाग्ने सोच छ,’ उनले हाँस्दै सुनाए । मेक्समले विगत तीन वर्षदेखि संगीत गुरु गुरुदेव कामदसँग संगीत सिक्दै आएका छन् ।




साभार : नयाँ पत्रिका




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1702588 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top