logo
14 Dec 2018   |   
मनोरञ्जन

‘सुर्के थैली’लाई उछिन्दै ‘कुटुमा कुटु’ बन्यो युटुबमा सर्वाधिक हेरिने गीत



मनोरञ्जन   68 पटक पढिएको        
अहिले कुनै पनि गीतको लोकप्रियताको मापन युटुबबाट गरिन्छ । युटुबमा गीत हेरिएको आधारमा त्यसको लोकप्रियताको मापन हुन्छ ।अहिले नेपाली चलचित्रका गीतसंगीतले बलिउडदेखि हरेक प्रकारका गीतलाइ उछिनेका छन् । नेपाली गीतले पाएको सफलताले चलचित्रको व्यापारमा पनि ठूलो फरक पार्ने गरेको छ ।



युटुबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’को नाममा थियो । लामो समयसम्म नेपाली गीतसंगीतमा एकछत्र राज गरेको यो गीतलाइ अब अर्को एक चलचित्रकै गीतले उछिनेको छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अब सर्वाधिक हेरिने नेपाली गीतको पहिलो नम्बरमा उक्लिएको छ । यो गीतलाइ यो समाचार तयार पार्दासम्म २ करोड १९ लाख ५५ हजार भन्दा बढी पटक हेरिएको छ । यस्तै, ‘सुर्के थैली खै’ बोलको गीतलाइ २ करोड १८ लाख १ हजार भन्दा बढी पटक हेरिएको छ । यी दुबै गीतमा राजनराज सिवाकोटीको संगीत छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ । शनिबार चलचित्रको व्यापार आक्रामक रहेको थियो । मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको चाप उच्च थियो । नेपाली चलचित्रले अहिले निरन्तर रुपमा सुखद व्यापार गर्दा चलचित्र क्षेत्रलाइ नै उर्जा मिलिरहेको छ ।


साभार : अनलाईन खबर












2134203 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top