logo
09 Dec 2018   |   
मनोरञ्जन

बलिउड नायिका रियाको अपेक्षित गर्भवती हल्ला



मनोरञ्जन   70 पटक पढिएको   भदौ २४, २०७४      
बलिउड नायिका रिया सेनको आफ्ना बारेमा चलेको प्रेग्नेन्सी हल्लाले आफूलाई अचम्ममा नपारेको बताएकी छन् । ३६ वर्षीया अभिनेत्री सेनले अघिल्लो महिनामात्रै प्रेमी शिभम् तिवारीसँग लगनगाँठो बाँधेकी थिइन् । उनले यस्ता हल्लाको अपेक्षा गरेको पनि बताएकी छन् ।



एक अन्तर्वार्तामार्फत उनी गर्भवती भएको भन्ने हल्लाबारे भनेकी छन्, ‘पहिला नै अनुमान गरेकी थिएँ, यो हल्लाको ।’ उनले हल्ला साँचो हो या झुटो भन्नेबारे भने खुलाएकी छैनन् । महिना दिन पहिला विवाह गरे पनि सुटिङका कारण हनिमुनका लागि समय मिलाउन नसकेको उनले बताएकी छन् । आफूहरूले विवाहको कुरा स्वतन्त्र रूपमा निर्णय गरेको बताइन् ।



साभार : अन्नपुर्ण












2085079 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top