‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम
मनोरञ्जन


‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम

मनोरञ्जन 40 पटक पढिएको २०७४ भदौ २२ प्रकाशित मिति:



‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम

मंसिर १५ गतेलाइ प्रदर्शन मिति तय गर्दै चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक भएको छ । सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।

यो चलचित्रले भारतले लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको कथालाइ उठान गरेको छ । चलचित्रमा पत्रकारको भूमिकामा गायक सत्यराज आचार्यले अभिनय गरेका छन् ।

चलचित्रमा उनको साथमा सुनिल थापा, मेनुका प्रधान, सुप्रिया, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा साप्तेन भुटियाको पटकथा, सम्पादन र निर्देशन छ । चलचित्रमा अनिष तामाङको छायांकन, सत्य(स्वरुपको संगीत छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता सुनिल थापाले आफूहरुले एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।

यस्तै, निर्माता स्वरुपराज आचार्यले ‘साढे सात’ देशको भोगाइको कथामा बनेको बताए । निर्देशक भुटियाले थ्रिलर कथामा यो चलचित्र बनेको बताए ।

नाकाबन्दीको समयमा एउटा मिडिया हाउस र पत्रकारले भोगेको कथालाइ चलचित्रमा उतारिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी अन्नपूर्ण मिडिया गु्रपका प्रमुख रामेश्वर थापाले नेपाली मिडियाले नेपाली चलचित्र र कलाकारलाइ स्थान दिन थालेको भन्दै यो खुशीको कुरा भएको बताए ।



साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1362600 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top