अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो
मनोरञ्जन


अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो

मनोरञ्जन 46 पटक पढिएको काठमाडौं, २० भदौ प्रकाशित मिति:



अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो

आजदेखि सुरु भएको कक्षा ९ को दोस्रो चरणको परीक्षामा अभिनेत्री करिश्मा मानन्धर छुटेकी छन् । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ करिश्मा चुनावी अभियानमा खटिनुपर्ने भएकाले परीक्षा दिन नपाएकी हुन् । उनी यसै वर्षदेखि ९ कक्षामा अध्ययनरत छिन् ।

करिश्मा मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छन् । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीले एक्जाम पछि दिनुस्, अहिले चुनावी अभियानमा सरिक हुनुपर्छ भनेकाले स्कुलमा आजै निवेदन दिएर आएकी हुँ ।’

करिश्माले ग्यालेक्सी स्कुलबाट कक्षा ८ पास गरेकी हुन् । कलिलै उमेरमा फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले औपचारिक शिक्षाको महत्व बुझ्दै गएपछि स्कुल पढ्न सुरु गरेको बताइन् । करिश्मा–पुत्री कविता भने हाल स्नातक तहमा अध्ययनरत छिन् ।

औपचारिक शिक्षा कम हुनेले पढाइ लुकाउने चलन छ । तर करिश्माले धेरैपछि आएर भए पनि यस्तो हिम्मत गरेकी छन् । निःसंदेह, योे औपचारिक शिक्षा कम हुनेहरूका लागि प्रेरक अभियान हुनसक्छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1164827 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top