दक्षिण कोरियाले गर्‍यो उत्तरको प्रतिरोध गर्न 'लाइभ-फायर' परीक्षण
बिदेश


दक्षिण कोरियाले गर्‍यो उत्तरको प्रतिरोध गर्न 'लाइभ-फायर' परीक्षण

बिदेश 35 पटक पढिएको भदौ १९, २०७४ प्रकाशित मिति:



दक्षिण कोरियाले गर्‍यो उत्तरको प्रतिरोध गर्न 'लाइभ-फायर' परीक्षण

दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु बम परीक्षण लगत्तै त्यस्ता अस्त्रको प्रतिरोध गर्ने क्षमता भएको 'लाइभ-फायर' अभ्यास गरिएको जनाएको छ।उत्तर कोरियाको कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले सैन्य अभ्यास गरेको हो।

चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन्।जापानले चाहिँ पछिल्लो परीक्षण क्षमा गर्नै नसकिने काम भएको बताएको छ।

अमेरिकी धम्की

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाले सिर्जना गर्ने सुरक्षा खतराविरुद्ध "कडा सैन्य प्रतिक्रिया" दिइने बताएका छन्।

उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्र परीक्षणपछि आइतबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका विषयमा जानकारी दिएलगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख म्याटिसले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

ह्वाइट हाउसबाहिर संवाददाताहरुसँग बोल्लै रक्षामन्त्री म्याटिसले अमेरिकासँग आफ्नो र दक्षिण कोरिया तथा जापान जस्ता आफ्ना मित्र देशको प्रतिरक्षा गर्ने सामर्थ्य रहेको बताए।

आइतबार मात्रै उत्तर कोरियाली नेता किम जोन उनले परमाणु अस्त्र निर्माण गर्ने प्रयोगशालाको अबलोकन गरेका थिए । आइतबार नै उत्तर कोरियाले परीक्षण गरेको हाइड्रोजन बमका कारण उत्तर कोरिया लगायत जापान चीन लगायतका क्षेत्रमा ६ म्याग्निच्यूड बराबरको भूकम्प महसुस गरिएको खबर आएको थियो । 




साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



1376234 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top