प्रबिधी


क्यान रौतहटको अध्यक्षमा जितेन्द्र साह

प्रबिधी 28 पटक पढिएको रौतहट १७ भदौ प्रकाशित मिति:


क्यान रौतहटको अध्यक्षमा जितेन्द्र साह

कम्प्युटर एसोसियसन अफ नेपाल महासंघ (क्यान) रौतहटको अध्यक्षमा जितेन्द्र साह चुनिनु भएको छ ।
 शनिबार चन्द्रनिगाहपुर स्थित होटल अल्पाइनमा सम्पन्न क्यान रौतहटको ७ औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट साहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सो सभाले साहको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति पनि गठन गरेको छ । यसअधि सो साधारण सभा निवर्तमान अध्यक्ष बालकृष्ण् श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । 

भेललाई सम्बोधन गर्दै श्रेष्ठले क्यान महासंघ  रौतहटले रौतहट जिल्लामा विज्ञान प्रविधिको विकासमा ठुलो योगदान गरिरहेको र आगामि दिनमा पनि यसले यस्ता कार्यहरु जारी राख्ने बताउनुभयो । सभाको प्रमुख आतिथ्यता क्यानका केन्द्रिय सदस्य श्यामकल श्रेष्ठ रहनुभएको थियो । 

 नवनिर्वाचित अध्यक्ष साहले आफ्नो कार्यकालमा क्यान महासंघ रौतहटले अग्रगामी छलाङ्ग मार्ने दावी गर्दै रौतहट जिल्लालाई प्रविधिमा अगाडि बढाउन क्यान महासंघ रौतहटले संवन्यनकारी भूमिका निर्वाह गर्ने बताउनुभयो , त्यसै गरि क्यान महासंघ रौतहटका संस्थापक अध्यक्ष भुपाल श्रेष्ठ ले केन्द्र संग समन्वय गरि एस रौतहट जिल्लामा  पनि आइटी सेमिनार लगायतका कार्यक्रम गर्न पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो /




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644095 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top