logo
16 Nov 2018   |   
बिदेश

उत्तरकोरिया विरुद्ध लड्न शसक्त समन्वय गर्ने ट्रम्पको प्रतिवद्धता



बिदेश   47 पटक पढिएको   अमेरिका १७ भदौ     
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन्। यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्वौ अमेरिकी डलर बराबरको 'अवधारणात्मक सहमतिु जनाए।



गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन।

घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ुसबै विकल्प वार्ताका लागि टेबुलमाु रहेको बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए(इनलाई फोन गरी उत्तर कोरियाली ुअस्थिर र उत्ताउलो व्यवहारु विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गरेको, ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ। ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ।

दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो। विज्ञप्तिमा भनिएको छ, ुअमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमतिसमेत जनाए।

अर्को एक फोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवसँग कुरा गर्दै काजकिस्तानसँगको २५ बर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराएको बताइएको छ।

ट्रम्पले काजकिस्तानले क्षेत्रिय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रमुखको चयनका लागि देखाएको भूमिकाको प्रशंसा गरे। त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गरेका छन्। कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गरे।






साभार : अन्नपुर्ण












1868069 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top