समाज


इन्जिन बिग्रिएर प्लेन दुर्घटना

समाज 127 पटक पढिएको प्रकाशित मिति:


   इन्जिन बिग्रिएर प्लेन दुर्घटना

काठमाण्डौ २ असोज कालिकोटको चिलखायामा फागुनमा भएको एयर काष्ठमण्डपको विमान इन्जिन फेल भएर दुर्घटना भएको बताइएको छ । जहाज दुर्घटनाबारे आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाइ प्रतिवेदन बुझाउदै दुर्घटना छानविन समिति अध्यक्ष यज्ञप्रसाद गौतमले इन्जिन बन्द भएपछि फोर्स ल्याण्डिङ्ग गर्ने क्रममा दुर्घटना भएको आयोगले जनाएको छ ।

नेपालगञ्जबाट यात्रु लिएर जुम्ला जादै गरेको विमानको  इन्जिन भित्र रहेका ६ वटा बेयरिङ्गमध्ये पहिलो  नम्बरको बेयरिङ्ग बिग्रिएकाले इन्जिन फेल भएको आयोगले  जनाएको छ ।

एयर काष्ठमण्डपको प्याक ७५०– एक्सएल विमान गएको फागुन १४ गते कालिकोटमा दुर्घटना भएको थियो । नौ जना यात्रु लिएर उडेको विमानका विमान क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको ज्यान गएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



642466 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top