जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश
बिदेश


जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश

बिदेश 40 पटक पढिएको फ्यांकफर्ट १६ भदौ प्रकाशित मिति:



जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश

जर्मनीको फ्र्यांकफर्टमा विस्फोट नभएको एउटा बम फेला परेपछि करिब ७० हजार व्यक्तिलाई घर छोडेर जान आदेश दिइएको छ।

उक्त बम दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको बम भएको बताइएको छ। दोस्रो विश्वयुद्धका बेला बेलायतले प्रहा गरेको उक्त बम १ हजार ४ सय किलोग्रामको भएको जानकारी दिइएको छ।

ठूलो परिमाणमा रहेको विस्फोटक पदार्थ भएका कारण त्यति धेरै बासिन्दालाई अन्यत्र जान आदेश दिनुपरेको जर्मन सुरक्षाकर्मीले बताएका छन्। उक्त विस्फोटक पदार्थ भेटिएको क्षेत्र आसपासका बाटा र भवनहरू पूर्ण रूपमा ध्वस्त हुन सक्ने त्रास छाएको छ।

त्यसैले बमको नाम ब्ल्याकबस्टर राखिएको छ। उक्त बम एउटा भवन निर्माणका क्रममा फेला परेको फ्यांकफर्टको अग्निनियन्त्रण विभागले जानकारी दिएको छ। प्रहरीले शहरको प्रभावित क्षेत्र सबै खाली गराइएपछि आइतबार उक्त बम निष्क्रिय गराइने जानकारी दिएको छ।

उक्त बम भेटिएको क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ। बम भेटिएको क्षेत्रको १।५ किलोमिटर वरपर खाली गराउन आदेश दिइएको छ। दोस्रो विश्वयुद्धका क्रममा प्रयोग गरिएका बम जर्मनीमा अझै फेला पर्ने गरेका छन्।

जर्मनीको अमग्सबर्गमा गत वर्ष क्रिसमसका बेला पनि यस्तै विस्फोटक पदार्थ फेला परेको थियो। त्यतिखेर पनि करिब ५४ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको थियो। 




साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



1371386 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top