logo
16 Nov 2018   |   
स्वास्थ्य

बाढीपिडित बस्तिमा झाडापखालाको प्रकोप, सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव



स्वास्थ्य   35 पटक पढिएको   रौतहट ४ भदौ      
रौतहटको को बिभिन्न बाढी बाट प्रभावित बस्तिहरुमा मानिस बिरामी पर्न थालेका छन । बाढी बाट पिडित बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित छन ।




जिल्लाको गढीमाइ गाउपालिकाको बाढी प्रभावित बस्तिहरुमा ज्वरो र झाडापखालाको प्रकोप देखिएको छ ।

ज्वरो र झाडापखाला बाट सयौ मानिस बिरामी परेका छन । बृद्धबृद्धा र बालबालिकाहरु ज्वरो र झाडापखाला बाट बढी बिरामीपर्न थालेको गढीमाइ गाउपालिका ३ का वडा सचिव हरेन्द्र साहले जानकारी दिएका छन ।

एक सय ५० जना ज्वरो का बिरामी र २५ जना झाडापखालाका बिरामीको घरमा नै गएर स्वास्थ्य जाच गरेको गम्हरीयापर्सा हेल्थपोष्टका अहेव कृष्ण कुमार यादवले बताएका छन ।

बाढीका कारण घर बाट बिस्थापित भएका गरिव तथा दलित बस्तिमा रोगको प्रकोप देखा पर्दै गएका छन ।

बाढी तथा डुवान प्रभावित बस्तिमा बस्ने मानिसले पानी शुद्धिकरण गरेर खानुपर्ने , सरसफाइमा ध्यान दिनुपर्ने , बांसी सडेगलेको खाने कुरा खान नहुने जिल्ला अस्पताल गौरका स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन ।













1872113 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top