स्वास्थ्य


कागतीपानी पिउनुका के छन् फाइदा ?

स्वास्थ्य 30 पटक पढिएको साउन ३२, २०७४ प्रकाशित मिति:


कागतीपानी पिउनुका के छन् फाइदा ?

कागतीपानी पिउने बानी कत्तिको छ ? छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् ।

लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।

बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

कागतीपानीले पाचनमा सहयोग पुग्छ ।

कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

रुघाखोकीको उपचारमा कागतीपानी उपयोगी हुन्छ ।

मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

कागतीपानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

हरेक दिन कागतीपानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।





साभार : रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



648964 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top