logo
16 Nov 2018   |   
राजनीति

बाढी पिडितले राहात नपाएको मन्त्री कै गुनासो



राजनीति   127 पटक पढिएको   कलमपाटी ३० साउन      
सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि सरकारी र वाह्य सहयोग उपलब्ध नहुदा पनि नागरीक स्तर को सहयोगले पिडित बचिरहेको बताएका छन ।



सरकारको तर्फ बाट रौतहट र सर्लाहीका लागि खटिएका मन्त्री साहले सोमबार स्थलगत अबलोकन भ्रमणका क्रममा बाढीले जनताको विचल्ली भइरहेको अवस्थामा पनि राज्यको उपस्थिति न्यून रहनु  दुर्भाग्य भएको बताएका छन ।

मन्त्री साहले भने  ‘यतिका दिनसम्म एक दाना सरकारी राहत समेत पीडितले पाउन नसक्नु दुर्भाग्यपूर्ण हो’, ‘सरकारको ढीलासुस्तीका बाबजुद पीडित स्वयंले एक अर्कालाई गरेको सहयोग गौरवपूर्ण छ ।’

सिधै राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीपरिषदले अधिकार दिइसकेकाले बजारबाट आपूर्ति गरी तुरुन्तै राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

बाढी र डुबानका कारण रौतहटको अवस्था दयनिय रहेको बताउदै टोलीमा रहेको संसद राम कुमार भट्टराईले सरकारी कमजोरीले राहात र उद्धारमा ढिलाइ भएको बताए । संसद भट्टराईले तत्काल पिडितहरु लाइ ारहत बितरण गर्न माग गरेका छन ।

मन्त्री साहले नदि कटान र सडक यातायात मर्मत लाइ  विशेष ध्यानमा राखेर कार्य अगाडि बढाउन निर्देशन दिएका छन ।

बाढी प्रभावित क्षेत्रको स्थिति बुझ्न र राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्री साह सहित एमालेका संसद राम कुमार भट्टराई, कागेसका संसद डा.अमरेश कुमार सिंह, जितेन्द्र यादव रौतहट र सर्लाही आएका छन ।














1868078 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top