logo
15 Oct 2018   |   
समाज

रौतहटमा मृत्यू हुनेको सख्या १३ , बाढी तथा डुवान पिडितहरु राहतको पर्खाइमा



समाज   127 पटक पढिएको   रौतहट ३० साउन     
रौतहटमा बाढीले बगाउदा सोमवार दिउसो सम्म १३ जनाको मृत्यू भएको छ । बाढी पिडितहरु राहतको पर्खाइमा छन । कतिपय गाउहरुमा तीन दिन देखी खोकै बस्न बाध्य छन । घरमा खानेकुरा भएपनि पखाउने साधन नहुदा उनीहरु थप पिडामा छन , सोमवार दिउसो सम्म जिल्लाको बिभिन्न स्थानहरु बाट बाढीले बगाउदा १३ जनाको मृत्यू भएको छ । सोमवार चारजनाको शव फेला परेको छ ।



गौर ३ का १६ बर्षिय शेष परवेज मुसरफ, राजपुर ३ का  ४५ बर्षिय शेष हुसैनको शव अकोलवामा , दुर्गाभगवती १ बांसघारीमा १६ बर्षिया सरफती भाट र गौरमा नाम नखेलेका एक व्यक्तिको शव फेला परेको छ ।

आइतवार बिहान  परोहा गाउपालिका–३ का ३५ वर्षीय चन्दन किशोर यादवसहित उनका २७ बर्षिय श्रीमती सर्मिला यादव, ५४ बर्षिय आमा सुमित्रादेवी, ३८ बर्षिया भाउजु ललिता देवी , २५बर्षिया भतिजा सरोज यादव र ५ वर्षीय छोरी छोटुकुमारीको मृत्यू भएको थियो । 

 यस्तै आइतवार दिउसो इसनाथ गाउपालिका ९ का १४ बर्षिय सकिल देवान, देवाहीगोनाही २ का ६५ बर्षिया जोगिया देवी, दुर्गाभगवती ६ की ४० बर्षिया कोसिला देवी, गौर नपा १२ र्सिसियाका सुरेश साहको  बाढीले बगाएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आइतवार बिहान देखि गुजरा ७ का १८ बर्षिय मलाही राम र देवाही गोनाही ५ की सिता कुमारी हराइरहेका छन ।

सोमवार दिउसो सम्म डुजान क्षेत्रमा केही पानी घटेको छ । घरहरु भत्किएकाले र खाने बस्ने समस्याले हजारौ मानिस पिडित छन । पिडितहरु  बिधालय भवन , सडक , धर्मशालाहरुमा बस्दै आएका छन । उनीहरुले खान र बस्नको समस्या भएको बताएका छन । १० हजार भन्दा बढी घरमा क्षेती पुगेको छ । घरबार बिहिन बनेकाहरु राहतको पर्खाइमा रहेका छन । 

घर भत्किएको , घरमा भएका खाध्यान्न भिजेको , बस्ने ठाउ नभएको भन्दै राहातको व्यवस्थ गर्न सरकार संग उनीहरुले माग गरेका छन । जिल्ला दैवि प्रकोप उद्धार समितीले डुवान पिडितहरु लाइ त्रिपालको समेत व्यवस्था गर्न सकेको छैन ।

रौतहटको गौर सदरमुकाम जाने सडकमा बाढी बाढीले क्षेती पुर्याउदा  सवारी साधन आवतजावत बन्द भएको छ ।

गौर चन्द्रपुर सडक खण्डको सखुअवामा  शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बोट प्रयोग गरेर मानिसलाइ आवतजावत गराइरहेको छ । सोमवार शसस्त्र प्रहरीको एआइजी राम शरण पौडेल, मध्यक्षेत्रका डिआइजी नरेन्द्र सिंह, भद्रकाली गणका शसस्त्र प्रहरी उपरिक्षक नेत्र कुमार खत्री, रौतहटका शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले जिल्लाको बाढी बाट धेरै पिडित करुनिया गाउको अवस्था बुझेका छन।

उद्धारका लागी शसस्त्र प्रहरी २४ सै घण्टा खटिएको रौतहटका शसस्त्र प्रहरीका एस्पी प्रेमराज पोखरेलले जनाएका छन ।

,













1774692 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top