स्वास्थ्य


बाढीप्रभावित क्षेत्रमा महामरी फैलन सक्छ होस गरौ

स्वास्थ्य 30 पटक पढिएको कलमपाटी २९ साउन प्रकाशित मिति:


बाढीप्रभावित क्षेत्रमा महामरी फैलन सक्छ होस गरौ

तराइ मधेशमा बाढीका कारण बस्तिहरु डुवानमा परेका छन सो बस्तिहरुमा बिभिन्न रोग फैलने खतरा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

बाढीको समयमा बढी रोग र महामारी फैलन सक्ने भन्दै सचेत रहन उनीहरुले आग्रह समेत गरेका छन ।

केही जान्नै पर्ने कुराहरु

· बाढी र पहिरोका कारण खानेपानीको मुहान दुषित हुने गर्छ ।
· वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घकालीन रोग भएकाहरु गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
· यस्तो बेलामा सरुवा रोगको जोखिम उच्च हुने गर्छ ।
· बाढी प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, हैजा, झाडापखाला, जण्डिस, टाइफाइडको जोखिम उच्च रहन्छ ।

बाढी पहिरोसँगै स्वास्थ्यमा पार्न सक्ने प्रभाव

१. झाडापखाला
२. टाइपाइड
३. जण्डिस
४. लेक्टोस्पाइरोसिस
५. फुड प्वाइजनिङ्ग
६. फ्लुबाट सर्नुसक्ने रोग

बच्ने उपायहरु

· शुद्ध पानीमात्रै पिउने, पानी धमिलो भएमा पियुष हालेर वा उमालेर पानी पिउने ।
· खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने ।
· भीड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
· आफू बस्ने ठाँउ वरिपरि राम्ररी सरसफाई गर्ने ।
· शौचालयमा मात्र दिशापिसाब गर्ने
· टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुने लगायतका विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा गएर जँचाइहाल्ने ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



648965 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top