जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो !
समाज


जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो !

समाज 127 पटक पढिएको रौतहट २९ साउन प्रकाशित मिति:



   जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो !

जताततै पानीपानी छ ,बाढी र डुवान छ । रौतहटका श्री राउतको गाउमा भएको झुपडी डुवानमा छ । यता उनी मरेकी छोरी बोकेर दाहसस्कार गर्ने ठाउ खोज्दै भौतारी रहेका छन ।

दुइ दिन अघि मरेकी छोरीको दाहसस्कार गर्ने ठाउ नपाउदा रौतहट हथियाही गाउका श्री राउत बेचैन छन । उपचारको त्र,ममा हुर्कदै गरेकी १३ बर्षिया छोरी मनिषा कुमारी राउतको बिरगजमा मृत्यू भयो ।

मरेकी छोरी जलाउने ठाउ नपाउदा उनीहरुले आइतवार दिउसो गरुडा स्थित इलाका प्रहरी कार्यालय अगाडी सडकमा नै जलाउने निधो गरे ।

घाट, खुल्ला स्थान, खेतमा डुवान, नदी, खोला , कुलो , कुलेसा सवै ठाउमा बाढी शव समेत जलाउने ठाउ छैन रौतहटमा ।

 गौर चन्द्रपुर सडकमा नै ती बालिकाको शव जलाउने तयारी गरीरहका मृतकका भिनाजु अमोद कुमार चौरसियाले भने ‘दुइ दिन भयो साली मरेको तर बाढी र डुवानले कतै जलाउने ठाउ भेटीएन सवैले यही जलाउन सल्लाह दिए ।’

बिपतको बेलामा छोरीको मृत्यू भएको छ । गाउमा घर डुवानमा छ । अत्यन्त गरीव परीवारका राउतले  छोरीको उपचारमा एक लाख ५० हजार सके तर निको भएन ।  छोरीको टाइफाइट बाट मृत्यू राउतले बताए ।

फोटो : गरुडा स्थित सडकमा नै शव जलाउने तयारी गरीदै /




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1379003 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top