प्रबिधी


नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

प्रबिधी 22 पटक पढिएको काठमाडौ २९ साउन प्रकाशित मिति:


नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आइतबारदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ ।

सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए ।

टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने निर्णय आजै कार्यान्वयन हुने जनाएको छ ।

यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् । ‘नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यक बाहेक अन्य टेलिफोन प्रयोगकर्ताले यो सुविधान प्रयोग नगरिदिन आग्रह गर्दछौँ,’ सहायक प्रवक्ता अधिरकारीले भने ।



साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644100 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top