logo
25 Mar 2019   |   
राजनीति

जनता को जीउधनको रक्षा गर्नु पहिलो प्राथमिकता : मन्त्री साह



राजनीति   52 पटक पढिएको   काठमाडौं २८ साउन     
लगातारको बर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न भएको र नागरीक पिडित बनेको बिषयमा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन ।



 बर्षाका कारण बस्तिमा बाढी पसेर घरहरु भत्कीएको डुवानमा परेकोले  तराई मधेसका जनताहरुको विचल्ली समेत भएकाले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री साहले बताएका छन 

 ‘बाढीका कारण रौतहट सर्लाही लगायत तराई मधेसका जनताको विचल्ली भएको छ’ मन्त्री साहले भने , ‘यस विषयमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु् ।’

उद्धार र राहतकार्यमा ढिला गर्न नहुने भन्दै तत्काल प्रभावित क्षेत्रमा राहात उपलव्ध गराउनका लागी प्रधानमन्त्री समक्ष आग्रह गरेको समेत मन्त्री ासहले बताएका छन ।

मन्त्री साहले प्रभावित क्षेत्रमा राहत र उद्धारकार्य अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन दिइसकेको समेत बताए ।

तराई मधेसका अधिकांश जिल्लाहरुमा वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । ‘एकातर्फ भएका लत्ताकपडा, खाद्यान्न भिजेका छन् भने अर्कातर्फ पानी पर्न रोकिएको छैन, स्थिति एकदमै अप्ठेरो छ, जनताहरु पीडामा छन् ।’ साहले भन्नुभयो ‘यसै विषयमा मैले प्रधानमन्त्रीसंग गम्भीर रुपमा कुरा गराएको छु ।’ मन्त्री साहले भने ।

बाढी र डुवानमा परेका जनतालाई राहत दिनु पहिलो कुरा भएको बताउदै मन्त्री साहले जनताको जीउ धनको रक्षा गर्न सकिए अरु कुरा पछि मिलाउँदै जान सकिने हुदा जीउ धनको रक्षा पहिलो कुरा भएको बताएका छन ।













2705719 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top