स्वास्थ्य


चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीको मनलाग्दी

स्वास्थ्य 78 पटक पढिएको रौतहट २६ साउन प्रकाशित मिति:


   चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीको मनलाग्दी

चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको छ । कर्मचारीहरु आउने र जानेको कुनै समय नै छन । आफ्नो समयमा आउने र आफु खुशी जाने क्रम अस्पतालमा बढेको पाइएको छ ।

स्वास्थ्यकर्मीहरु नभेटीने समस्याले अस्पतालमा आउने सेवाग्रहीहरु ग्रसित छन । सरकारले दिने स्वास्थ्यसेवा उपभोग गर्न आउने बिरामीहरु चन्द्रनिगाहपुर अस्पतालमा केही स्वास्थ्यकर्मीहरुका कारण पिडित बन्दै आएका छन ।

३० जना भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी रहेको सो अस्पतालको सेवा भौतिक श्रोतसाधन भएपनि प्रभावकारी हुन सकेको छैन ।

सो अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले अस्पताल लाइ सुधार गर्ने प्रयास गरेपनि केही कर्मचारीहरुकै कारण अस्पतालको सेवामाथी प्रश्न उठ्दै आएको छ ।

प्रमुख डा. श्रीवास्तव सो अस्पतालमा अल्पमतमा पर्ने गरेको र सेवा प्रभावकारी हुन नसकेको बताइएको छ ।

बिहिवार जिल्ला प्रशासन कार्यालयले छड्के गर्दा अस्पतालका १३ जना कर्मचारीहरु बिना जानकारी अनुपस्थित रहेको पाइएको  छ ।

अस्पतालका २ जना राजपत्रअंकित, ६ जना राजपत्रअनंकित र ५ जना श्रेणी बिहीन कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो ।

अस्पतालको सेवा लाइ चुस्त बनाउनका लागी चन्द्रनिगाहपुरका राजनैतिकदलका नेता, समाजसेवी, बुद्धीजीवी लगाएत स्थानियबासीले पहल गर्न आवश्यक रहेको देखिन्छ ।


 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


PREV 1 2 3 4 NEXT

English News



678825 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top