प्रबिधी


विद्युतीय मेसिन

प्रबिधी 24 पटक पढिएको प्रकाशित मिति:


विद्युतीय मेसिन

साउन १९, २०७४ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा विद्युतीय मेसिन ९ईभीएम० प्रयोगबारे राजनीतिक दलहरूसँग परामर्श सुरु गरेको छ ।

 ईभीएममा नमुना मतदान गराएर आयोगले दलका नेतालाई आकर्षित गर्न खोजे पनि चुनावको लागि व्यवस्थापकीय र प्राविधिक रूपले त्यो सम्भावना न्यून देखिन्छ । निर्वाचनलाई निष्पक्षता, गुणस्तरीय, पारदर्शिता र छिटोछरितोको लागि प्रविधिमैत्री बनाउन आयोगले गरेको पहल सकारात्मक छ । कागजी मतपत्रका कारण स्थानीय तह निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएको तीतो यथार्थ हाम्रोसामु छ ।

निर्वाचन प्रविधिमैत्री र छरितो बनाउनु निर्वाचनको पारदर्शिताका सूचक हुन् । विगतमा भन्दा पछिल्ला दिनमा निर्वाचनको गुणस्तर र शैलीमा सुधार भए पनि परम्परागत शैलीको कागजी मतपत्र विस्थापन गर्न सकिएको छैन ।

ईभीएम प्रयोगको लागि आयोगले सबैभन्दा पहिला दलहरूको विश्वास जित्नुपर्छ । कागजी मतपत्रमा बानी परेका दलहरूमा विद्युतीय मेसिनप्रति पूर्ण विश्वास छैन । छिमेकी भारतमा समेत पछिल्लोपटक ईभीएम प्रयोग विवादमा छ । यस्तो परिदृश्यमा नेपालका परम्परावादी शक्तिहरूले ईभीएमलाई एकैपटक विश्वास गर्ने आधार देखिँदैन । त्यसको लागि आयोगले प्राविधिकसमेतको सहयोगमा दलहरूसँग पर्याप्त छलफल गर्नुपर्छ । आयोगले चुनाव नजिकिएको बेला कुनै अमूक कम्पनीका मेसिनको ुविज्ञापनु गरेर मात्र पुग्दैन । समय छँदा चुपचाप बस्ने तर चुनावको कुरा उठ्दा ईभीएमको प्रसंग आयोगले किन उठाउँछ भन्ने प्रश्न तेर्सिएको छ । आयोग ईभीएममा जान केही कम्पनीको विज्ञापन प्रमोसनमा लागेको छ भन्ने प्रश्न उठ्नु हुन्न । ईभीएमको अध्ययनको नाममा बर्सेनि केही कर्मचारीलाई विदेश भ्रमण गराउने र दाताहरूसँग सहयोग लिएर तिनै कम्पनीको प्रचारक मात्र बन्ने काममा आयोग लाग्नु हुन्न ।

माघ ७ भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहे पनि हाम्रोजस्तो भौगोलिक विकटता र मौसमका कारण मंसिरको पहिलो साता नै चुनावको लागि उपयुक्त समय मानिन्छ । त्यसरी हेर्दा चुनावको लागि बढीमा चार महिनाको समय छ । हाम्रोजस्तो झन्झटिलो प्रशासनिक र सरकारी कार्यशैलीले चार महिनामा ईभीएम प्रयोगमा आउने सम्भावना देखिँदैन । छोटो समयमा व्यवस्थापकीय एवं प्राविधिक दृष्टिकोणले पनि सबै निर्वाचन क्षेत्रमा ईभीएम प्रयोग सम्भव छैन । तर आयोगले निर्वाचनलाई प्रविधिमैत्री बनाउन केही स्थानमा ईभीएमको सफल प्रयोग गरेर दलहरूको विश्वास जित्न जरुरी छ । साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644096 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top