अनौठो संसार


७१ वर्षे श्रीमतीमाथि अरुको आँखा लाग्न नदिन १६ वर्षे लोग्नेले के गरे यस्तो ?

अनौठो संसार 45 पटक पढिएको प्रकाशित मिति:


७१ वर्षे श्रीमतीमाथि अरुको आँखा लाग्न नदिन १६ वर्षे लोग्नेले के गरे यस्तो ?

२०७४ साउन १९/ सबैलाई अचम्मित पार्दै इण्डोनेसियामा केही समय पहिले एकजना १६ वर्षे युवकले ७१ वर्षकी महिलासँग बिहे गरे । उक्त जोडी हालै हनिमुन मनाएर फर्किसकेको छ ।

अब उनीहरुको इच्छा छ कि छिटो भन्दा छिटो घरमा बच्चा जन्मियोस् ।

यो अनमेल जोडीको लभस्टोरीमा केही अनौठा कुरा थिए । उमेरमा ५५ वर्षको अन्तर, केटा नाबालक नै रहेको, महिलाको चाहिँ तेस्रो बिहे अनि उनको आपराधिक रेकर्ड । यी सबै समस्या थिए उनीहरुको प्रेममा ।

तर सलामत र रोहायाले एक आपसमा बिहे नगरी बाच्नै नसकिने निधो गरे । आफूहरुको सम्बन्धमा भाँजो हाल्ने परिवार तथा समाजलाई आत्महत्याको धम्की दिए र अन्ततः बिहे गरिछाडे ।

७१ वर्षकी वृद्धालाई बिहे गरेका युवक सलामत आफ्नी पत्नीप्रति यति शंकालु रहेछन् कि परपुरुषले आफ्नी पत्नीमाथि आँखा नलगाओस् भनेर श्रीमतीलाई घरमा एक्लै छाड्नु परेको बेला ढोकामा ताल्चा ठोकेर मात्र बाहिर निस्किन्छन् । पत्नीलाई लिएर जाँदा अरुले आँखा लगाउला भनेर उनी नमाजका लागि मस्जिदमा पनि जाँदैनन् ।

सलामतको इच्छा छ कि घरमा छिटो भन्दा छिटो बच्चा जन्मियोस् । यदि छोरा जन्मिएमा आन्द्रे मौलाना नाम राख्ने र छोरी भएमा पुत्री परमाता सारी नाम राख्ने निधो उनले गरिसकेका छन् । गर्भाधारणको विषयमा उनीहरुले डाक्टरहरुसँग पनि परामर्श गरिरहेको बताइन्छ । साभार : रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644086 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top