logo
23 Oct 2018   |   
समाज

मुख्य सडककै पसलमा चोरी भएपछि स्थानीय त्रसित



समाज   127 पटक पढिएको        
लमजुङ १६ साउन/ केही दिन यता लमजुङको बेसीशहर नगरपालिका क्षेत्र आसपासमा चोरीका घटना बढ्न थालेका छन् ।



बजार क्षेत्र बरपर सिसी क्यामरा जडान गरिएपनि हालसम्म चोर पक्राउ नपर्नुले लमजुङका सुरक्षा निकायलाई चुनौती थपिएको छ । 

सिसी क्यामराको निगरानी र प्रहरी कार्यालय आसपास नै चोरीका घटनामा वृद्धि हुँदा स्थानिय बासिन्दा त्रसित भएका छन् । सोमबार पनि बेसीशहर नगरपालिका वडा नम्बर ८ झिंगेखोलाको एक मोबाईल पसलमा चोरी भएको छ । 

मानसिंह घलेले सञ्चालन गरेको न्यु घले इलेक्ट्रोनिक्स पसलमा चोरी भएको प्रहरीले बताएको छ । सो पसलवाट २ लाख २० हजार बराबरको मोवाईल चोरी भएको हो ।

चोरीको घटनामा बृद्धि भएसँगै जिल्ला प्रहरी कार्यालयले हरेक रात ३५ देखि ४० जनासम्म प्रहरी खटाउदै आएको जनाएको छ । साभार : रातोपाटी












1787289 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top