राजधानीमा नै बालक अपहरण स् चार दिनपछि यसरी फेला परे
समाज


राजधानीमा नै बालक अपहरण स् चार दिनपछि यसरी फेला परे

समाज 127 पटक पढिएको काठमाण्डौ १६ साउन प्रकाशित मिति:



राजधानीमा नै बालक अपहरण स् चार दिनपछि यसरी फेला परे

गत बिहिबार राजधानी कै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो
 काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै बालक स्कूलबाटै अपहरणमा परेका थिए । क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका थिए । बुटवल घर भई हाल असनमा बस्दै आएका अजय चौधरीका ५ वर्षीय छोरा उनी अपहरणमा परेको खवरसँगै असन आसपासका सर्वसाधारण बालकको सकुशल रिहाई र सुरक्षाको माग गर्दै  शुक्रबार सोह्रखुट्टे प्रहरी बृत घेर्न पुगे ।
यसरी बालक अपहरणमा परेको घटना बाहिरिएसँगै महानगरीय अपराध महाशाखाले अनुसन्धान शुरु गरेको थियो । घटनाको चारदिनपछि बालक सोमबार बिहान ४ बजे सकुशल फेला परेका हुन् ।
महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार बिहान ४ बजे काँडाघारी क्षेत्रमा बालक सडकमा छाडिएका थिए । ‘एक जना बुढी महिलाले बालकलाई सडकमा फेला पारेपछि प्रहरीलाई खबर गरिन् । त्यसपछि अपराध महाशाखाबाट खटिएको टोलीले बालकको उद्धार गरेको हो,’ अमात्यले भने ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान शुरु गरेसँगै प्रहरीले शंकास्पद लागेकाहरुमाथि ‘प्रेसर’ बनाइराखेको थियो । त्यही प्रेसरले उनीहरुलाई बालक सकुशल छाड्न बाध्य बनाएको अमात्यले बताए ।
‘हामीले अपहरणकारी पत्ता लगाइसकेका छौँ । अब कारवाही अघि बढ्छ,’ उनले भने । साभार रातोपाती



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



1276195 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top