समाज


सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद

समाज 127 पटक पढिएको प्रकाशित मिति:


सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद

१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ ।

सुवेदी चितवनको भरतपुर महानगरपालिका- ८ शरदपुरका बासिन्दा हुन् । उनीमाथि बिभिन्न व्यक्तिहरुबाट अवैधरुपमा रकम लिएको आरोप लागेको छ ।

सुवेदी ५० लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी चढेर चितवन आएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवन प्रहरीलाई दिएको थियो । सोही सूचनाको आधारमा गाडी रोकेर जाँच गर्दा सुवेदीको साथबाट रकम बरामद भएको थापाले बताए ।

दिउँसो साढे १२ बजेतिर प्रक्राउ परेका सुवेदीलाई चितवन प्रहरीले दिउँसो ३ बजेतिर अख्तियारको टोलीको जिम्मा लगाएको छ । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 NEXT

English News



1090681 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top