जैविक बिबिधता संरक्षणका लागी अभिमुखिकरण तालिम
समाज


जैविक बिबिधता संरक्षणका लागी अभिमुखिकरण तालिम

समाज 127 पटक पढिएको प्रकाशित मिति:




रौतहट २८ भदौ जैविक बिबिधता संरक्षणका लागी बन हेरालु तथा चोरी शिकार नियन्त्रण युवा जागरणका उप समितीका सदस्यहरु लाइ रौतहटको चन्द्रनिगाहपुरमा दुइ दिने तालिम दिइएको छ ।

युएस एआइ डीको सहयोगमा हरीयो बन कार्यक्रम अन्र्तगत डव्लु डव्लु एफ मार्फत संचालित सो कार्यक्रममा ४७ जना को सहभागिता रहेको थियो ।

तालिममा तराइ भु परीधि कार्यक्रमका सामुदायिक संरक्षण सहजकर्ता बेदहरी दाहालले जैविक विविधता संरक्षणमा बन हेरालुहरुको भुमिका तथा चोरी शिकार नियन्त्रण का उपायहरुका बारेमा सहजीकरण गरेका छन भने बन्यजन्तु संरक्षण ऐनका बिषयमा रौतहटका साहयक बन अधिकृत राम प्रसाद साहले सहजीकरण गरेका छन ।

पछिल्लो समय रौतहटमा बन्यजन्तुको शिकार वढ्न थालेकाले यस्ता तालिमले चोरी शिकार नियन्त्रणमा सहयोग पुग्ने सहभागीहरुले धारण राखेका छन ।चोरी शिकारको नियन्त्रणको बारेमा नेपालको ऐन र नियन्त्रणका उपायहरु जानेकाले काम गर्न सहज हुने तालिमका सहभागी धन बहादुर प्रसाईले बताएका छन ।







कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 NEXT

English News



1255501 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top