अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ
खेलकुद


अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ

खेलकुद 92 पटक पढिएको प्रकाशित मिति:



अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ

काठमाडौ १० साउन आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा अफगानस्तानले दिएको १९६ रनको लक्ष पछ्याइ रहेको नेपालले आज पनि खराब व्याटिङ गरिरहेको छ ।

नेपाललाई अफगानिस्तानले १९६ रनको चुनौती दिएको छ । १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको छ।

सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। यस प्रतियोगितामा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि व्याटिङमा निकै कमजोर प्रदर्शन गरिरहेको छ । टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६।५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो ।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो । साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



1371428 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top