अनौठो संसार


संसारकै सबैभन्दा मोटी महिलाले यसरी घटाइन् ३०० किलो तौल

अनौठो संसार 21 पटक पढिएको प्रकाशित मिति:


संसारकै सबैभन्दा मोटी महिलाले यसरी घटाइन् ३०० किलो तौल

संसारकै सबैभन्दा मोटी महिला इमान अहमदले आफ्नो ३ सय किलोभन्दा बढी तौल घटाएकी छन् । तौल घटाएपछि इमानका तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा उनलाई निकै सुन्दर देखाइएको छ।

इमामलाई जब यही वर्ष फेब्रुअरीमा भारत ल्याइएको थियो, तब उनको तौल ५ सय किलो वरपर थियो । भारतमा सर्जरी गरेपछि उनको तौल २५० किलो भएको थियो । हालै अबुधावीको बुर्जिल अस्पतालमा भएको उपचारपछि उनको तौल १८५ किलोभन्दा कम भएको छ । चिकित्सकहरुका अनुसार उनीहरु तौल १०० किलोभन्दा कम गर्ने प्रयासमा छन्।

बुर्जिल अस्पतालका चिफ मेडिकल अफिसर यासिन सहातका अनुसार इमाम अब आफ्नो दुवै हात चलाउन सक्छिन् । उनको खुट्टामा पनि मुभमेन्ट आउन थालको छ । यसका साथै उनी लामो समयसम्म बस्न पनि सक्छिन् ।

इमानकी बहिनी शाइमा सेलिमले आफू दिदीको स्वास्थ्यमा आएको सुधारबाट खुसी भएको बताइन् । फेब्रुअरीमा जब इमान इजिप्टबाट मुम्बई आएकी थिइन् तब उनको तौल ५०० केजीभन्दा बढी थियो । मुम्बईको सैफी अस्पतालमा भएको उपचारका क्रममा उनको तौल घटाइएको थियो । त्यसपछि इमानको अपरेशन गरिएको थियो । जसबाट मार्च २०१७ मा सर्जरी गरेर २५० किलो तौल घटाइएको थियो । मुम्बइका चर्चित बेरियाट्रिक सर्जन मुज्जफल लकडवालाको टिमले इमानको उपचार गरेको थियो ।

डा. डकडावालाका अनुसार ‘स्लीभे गेस्ट्रोक्टमी र सुपरभाइज स्पेशल डाइटका कारण इमानले दुई महिनामा करिब आधा तौल कम गर्न सफल भइन् । इमानको जन्मजात तौल असामान्य थियो । जन्मदा उनी ५ किलोकी थिइन् । डाक्टरहरुले उनलाई एलिफेन्टाइसिबाट पीडित बताएका थिए ।  साभार : न्युज सेवा




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644085 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top