logo
14 Dec 2018   |   
राजनीति

राजनीतिको निशानामा प्रदेश नम्बर २



राजनीति   127 पटक पढिएको        
काठमाडौ ८ साउन/ राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टी [राजपा] तेस्रो चरण निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । सरकारसँग आफ्ना मागबारे संवाद पनि जारी राखेको राजपा निर्वाचन आयोगमा दर्ता भएको छ ।



 चुनावमा सहभागी हुने कुरा औपचारिक रूपमा सार्वजनिक नगरेपनि ऊ भित्रभित्रै चुनावी तयारीमा जुटेको छ । एक राजपा नेता भन्छन्, ‘सरकारसँग संवाद सकारात्मक रूपमा अघि बढेको छ ।’ राजपा मात्रै होइन, अन्य ठूला–साना दलहरू पनि तेस्रो चरणकै चुनावमा केन्द्रित छन् । सबैभन्दा बढी चासो कांग्रेसले लिएको छ । पहिलो र दोस्रो चरणको चुनावले कांग्रेसको हैसियत एक नम्बरबाट दुईमा झरेपछि तेस्रो चरणको चुनावलाई उसले प्रतिष्ठाको विषय बनाउने छनक पाइन्छ ।

पहिलो ठूलो दल बनेको एमालेले पनि मधेशी दलहरूको आधार क्षेत्रमा आफ्नो बलियो उपस्थिति बनाउने प्रयत्न छोडेको छैन । उनीहरू पूर्वएमालेमै रहेका मधेशी पृष्ठभूमिका नेता कार्यकर्तालाई ‘घर’ फर्काउने रणनीतिमा छन् । माओवादीलगायत साना दलहरू पनि अस्तित्व जोगाउन लागिपरेका छन् । यसअघिको २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मधेशमा कांग्रेसले ५१, एमालेले ३७, माओवादीले १२ स्थानमा प्रत्यक्षतर्फ जितेका थिए । उपेन्द्र यादव, विजय गच्छदारसहितका सबै मधेशी पार्टीहरूले जम्मा ११ स्थान सुरक्षित गरेका थिए ।

त्यसअघि ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले सबैभन्दा बढी ४२ सिट जितेको थियो भने उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले ३० सिट जितेर दोस्रो भएको थियो । कांग्रेसले १६, एमालेले ११, तमलोपाले ९ र सद्भावनाले ४ सिटमा बाजी मारेका थिए । २ नम्बर प्रदेशमा १ सय २७ वटा स्थानीय तह छन् भने २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

कांग्रेस  : उदार देखिने रणनीति

२ नम्बर प्रदेशका सांसद, केन्द्रीय सदस्य, जिल्ला सभापतिदेखि क्षेत्रीय सभापतिको संयुक्त बैठक कांग्रेसले ५ साउनमा काठमाडांैमा बोलाएको छ । लगत्तै उसले पार्टीनिकटको नेपाल प्रेस युनियनको प्रदेशस्तरीय भेला मधेशमै गर्दैछ । दुवै भेलाको मुख्य उद्देश्य तेस्रो चरणको निर्वाचन नै हो । ‘पहिलो चरणमा हामी सबै संगठनलाई भेला गरेर छलफल गर्छौँ,’ कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव भन्छन्, ‘कांग्रेसले केन्द्रदेखि मधेशसम्मै गर्न लागेको भेलापछि २ नम्बर प्रदेशको चुनावी रणनीतिलाई अन्तिम रूप दिनेछ ।’ साभार : अन्नपुर्ण












2134314 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top