logo
25 Mar 2019   |   
खेलकुद

नेपाललाई कप्तान सन्दीपको भर, अघिल्लो २ खेल जित्नु पर्ने बाध्यता



खेलकुद   34 पटक पढिएको        
अफगानिस्तानसँग पहिलो खेलमा १ सय ४१ रनको पराजय भागेको नेपाल अघिल्लो वर्ष न्युजिल्यान्डमा आयोजना हुने युथ–१९ विश्व कप छनोटको गम्भीर मोडमा उभिएको छ ।



 नेपालले हालसम्म ४ खेल खेलिसक्दा ३ मा विजयी प्राप्त गरेको छ र अंक तालिकामा अफगानिस्तानभन्दा एक स्थान तल छ । नेपाललाई विश्व कपमा छनोट हुन बाँकीको २ खेल, मलेसिया र अफगानिस्तानलाई हराउनु पर्ने बाध्यता छ। नेपाल भोली मलेसियाविरुद्ध खेल्दैछ। मंगलबार अफगानिस्तानविरुद्ध अर्को खेलपछि नेपालको विश्व कप प्रवेशको दशा र दिशा तय हुनेछ।

नेपालको हालसम्म ब्याटिङ राम्रो चल्न सकेको छैन्। सिङ्गापुरविरुद्ध अघिल्लो खेलमा दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले प्रभावशाली ब्याटिङ गर्न सकेका छैनन्।

बलिङमा भने नेपालले प्रभाव जमाउँदै आएको छ। कप्तान सन्दीप लामिछाने अहिले उत्कृष्ट फर्ममा छन्। उनले ४ खेलमा १६ विकेट लिइसकेका छन् र यस प्रतियोगिताका सबैभन्दा बढि विकेट लिने खेलाडी पनि हुन्। उनी पछि अफगानिस्तानका मुजिबले ४ खेलमा १३ विकेट लिएका छन्। नेपाललाई पराजित गर्न मुजिब एक्लैले ४ बलमा ४ विकेट लिएका थिए।

यसबाहेक पवन सरार्फले ७ विकेट लिएका छन्। नेपालको जितमा हालसम्म कप्ता सन्दीपले महत्वपूर्ण खेलाडी बन्दै आइरहेका छन्। उनले दुई खेलमा ५–५ विकेट लिइसकेका छन्।

नेपालले ४ खेल खेलिसक्दा दीपेन्द्रले मात्र अर्धसतक पुरा गरेका छन्। अन्य कुनै पनि ब्याट्सम्यानले ५० रन पनि कटाउन सकेका छैनन्। दीपेन्द्रबाहेक प्रनित थापामगरले ४९ रन बनाएका छन्।

नेपालले धेरै आशा राखेको प्ररम्भिक ब्याट्सम्यान आसिफ शेखले ४ खेलमा ३६ रन मात्र बनाएका छन्। उनले मलेसियाविरुद्ध सर्वाधिक २३ रन बनाएका थिए।

यस्तै ब्याटिङमा भरोसा गरिएका सन्दीप सुनारले पनि ३५ रन मात्र बनाएका छन्। उनले सिङ्गापुरविरुद्ध पछिल्लो खेलमा सर्वाधिक २६ रन बनाएका थिए। त्यसअघि ३ खेलमा उनको ९ रन मात्र थियो। अफगानिस्तानविरुद्ध सर्वाधिक २६ रन बनाएका पवन सरार्फले बाँकी खेलमा ६ रन मात्र जोडका छन्। यद्यपी उनले सिङ्गापुरविरुद्ध पहिलो खेलमा अविजित ४ र मलेसियाविरुद्धको खेलमा ब्याटिङ गर्न उत्रिनु परेन्।

नेपालको अहिलेसम्म एक पल्ट मात्र विपक्षी टोलीविरुद्ध १ सयभन्दा बढि रन बनाएको छ। सिङ्गापुरविरुद्ध दोस्रो खेलमा नेपालले १ सय ६८ रन बनाएको थियो । साभार सेतो पाटी












2705541 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top