logo
19 Dec 2018   |   
खेलकुद

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा



खेलकुद   18 पटक पढिएको        
काठमाडौ, ४ साउन/ लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।



दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्याएको हो ।

इंग्ल्याण्डलाई लक्ष्यका पार पुर्याउन अलराउण्डर जेनी गनले २७ बलमा २७ रन बनाइन् ।

त्यस्तै म्यान अफ द म्याच घोषित विकेट किपर शारा टेलरले सर्वाधिक ५४ रनको योगदान दिइन् भने कप्तन हेदर नाइट र फ्रान विल्सनले समान ३०–३० रनको योगदान दिइन् ।

दक्षिण अफ्रिकाका लागि सुन लुस र आयाबोङ्गा खाकाले २–२ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।मिगनन डु प्रिजले सर्वाधिक ७६ रन बनाइन्् भने ओपनर लाउरा वोल्भार्डटले ६६ रनको योगदान दिएकी थिइन् ।

अब दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया विहिबार एकअर्काको सामना गर्ने छन् । साभार : रातो पाटी












2173554 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top