विचार


जय होस् गुटको , जसले सधै पार्टी बिगार्ने काम मात्र गर्यो !

विचार 58 पटक पढिएको समिर नेपाल प्रकाशित मिति:


जय होस् गुटको , जसले सधै पार्टी बिगार्ने काम मात्र गर्यो !

केन्द्रीय कमिटीको बैठकले निर्णय गरो पार्टीमा अब कुनै गुट छैन । गुट गर्ने लाई कार्यबाहि हुनेछ । १० बुँदे संकल्प प्रस्ताव पारित पनि भयो ।

तर व्यवहारमा पार्टी भित्र रहेको गुट सकिएन । गुट गर्नेलाई कहिँ कतै कार्यबाही गरेको पनि सुनिएन । आफैले गरेको निर्णयलाई नेताहरुले नै कार्यान्वयन गर्नु भएन ।

२०१७ मार्च ३१ मा पहिलो चरणको निर्वाचन अगाडि र दोस्रो चरणको निर्वाचन अगाडि २६ मे मा मैले यसै भित्तामा लेखेको थिएँ । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ले हार ब्यहोर्नु परो भने त्यसको कारण अरू केहि हुने छैन सिवाय हाम्रो पार्टी भित्रको चरम् गुटबन्दी ।

पहिलो चरणमा काठमाडौं महानगरपालिका र त्यस आसपासका नगरपालिकाहरु तारकेश्वर, नागार्जुन, चन्द्रागिरी लगायतमा नै देखियो पार्टी भित्र रहेको गुट जिउदै छ भनेर । बाहिर जिल्लाको म चर्चा गर्दिन पछि कसैले लेख्नु होला ।

दोस्रो चरणमा म जन्मेको जिल्ला भोजपुरको सदरमुकाममा रहेको भोजपुर नगरपालिकामा प्रष्ट देखियो पार्टी भित्र रहेको गुटबन्दी । ३४ भोटले मेयरले हार्नु भो ७२ भोटले उप मेयरले जित्नु भो तर झण्डै ७४ वटा भोट यस्तो आयो ६ सूर्यमा तर मेयरमा भने रूखलाई । भोजपुर नगरपालिकाको टक्सारमा नै यस्तो अवस्था देखिएछ । यो ७४ भोट एमाले कार्यकर्ताको होईन भनेर मलाई बुझाइ दिने कसले । अनि मेरै भोटले एमाले हारोस र कांग्रेस जितोस भनेर गरेको होइन भनेर मेरो पार्टीका कुन नेताले म जस्तो कार्यकर्ताको चित्त बुझाइ दिनु हुन्छ होला । अनि कसले हाम्रो पार्टीमा गुट छैन त्यसको अन्त भइ सक्यो भनेर मलाइ ढुक्कका साथ पार्टी काममा लाग्न प्रेरणा दिनु हुन्छ होला । पार्टीमा कसले हिम्मत गर्नुहोला यो काममा लाग्नेलाइ आजबाट कमरेड तपाईंको सदस्यता सकियो भनेर भन्न ।

एउटा भयंकर पिडाबाट तंङ्ग्रीन नपाउदै अर्को भयंकर पिडा त्यो गणेश लाई किन । मान्छे मान्छे विच हुने मानवीय संवेदना के एमाले एमाले विचमा चै हुनै नहुने हो र । ६ वटा सूर्यमा भोट हालेर मेयर मा चै भोट दिन नसक्ने त्यो एमालेले किन सुरूमा गणेशको उमेदवारी बिरूद्धमा आफ्नो कमिटीमा प्रतिवाद गर्न सकेन । के कारणले त्यो ब्यक्ती पार्टी कार्यकर्ता भएर पार्टी कमिटीको निर्णय मान्न बाध्य भएन । के पार्टीका कोहि नेताहरु यसका लागि जिम्मेवार छैनन् । के भोजपुरको एमाले यस्को लागि जिम्मेवार छैन ।

अन्तमा
जितेका सबैलाई शुभकामना तथा बधाई । यो जित तपाईंको होइन एमालेको हो अनि हारेका सबैलाई सहानुभूति यो हार तपाईंको होइन एमालेको हो । यो हार र जितमा गुटलाई कहिँ कतै कसैले देख्दैन । सबैले देख्छ त केबल नेकपा एमाले ।

यो हारले कुनै गुटलाई खुसी त बनाउला तर पार्टी लाई कहिल्यै बलियो बनाउन सक्दैन । मैले बुझेको पार्टी कुनै अमुक चिज होइन । बैधानिक रूपमा ब्यबस्था गरिएको कमिटी प्रणाली नै पार्टी हो । यसैले बलियो पार्टी बनाउ । गुट होइन ।

#समिर नेपालको फेसबुक बाट 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



648945 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top