logo
18 Dec 2018   |   
राजनीति

भरतपुर महानगरको विवाद, सर्वोच्चमा बहस



राजनीति   29 पटक पढिएको   काठमाण्डौ २२ जेठ      
भरतपुर महानगरपालिका वडा नम्बर १९ को विवादको बिषयको सर्वोच्च अदालतमा बहस चलिरेको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई शुरु भएको हो ।




भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेका सदस्य पदका उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डले  आइतवार रिट दर्ता गरेपछि शुनुवाई शुरु भएको हो ।

पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा,  टीकाराम भट्टराई, गोविन्द बन्दी ले बहस गरीरहेका छन । निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन परमादेश माग गरेका छन ।

मतगणना स्थल कब्जा गरिएको भन्ने सन्दर्भमा निर्वाचन अधिकृत, अनुगमन टोली  र सुरक्षा निकाय कसैको पनि प्रतिवेदनमा  नभएको अवस्थामा निर्वाचन आयोगले जबर्जस्ति मतगणना स्थल कब्जा गरेको भनी आधारहिन तर्क गरेको निवेदकहरुको दाव छ ।

बहस चलिरेहकाले आजै फैसला नभइ मुद्धा हेर्दाहेदैमा जान सक्ने सम्भावन समेत रहेको बताइएको छ । अदालतमा बहस चलिरहेकाले पुन मतदान वा मतगणना के आदेश आउछ भन्ने अनुमान गर्न सकिएको छैन ।













2173422 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top