logo
19 Dec 2018   |   
राजनीति

हेटौडा उपमहानगरमा एमालेका महत मेयर, लामा उपमेयर



राजनीति   8 पटक पढिएको   हेटौडा १० जेठ      
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमाले का हरिबहादुर महत विजयी भएका छन ।




नेपाली काँग्रेसका आनन्दराम पराजुल्ली लाई ६  सय १५ मतले  पछि पार्दै हेटौँडाको मेयरमा निर्वाचित महत निर्वाचित भएका हुन ।

महतले २३ हजार एकसय २४ र पराजुली ले  २२ हजार पाँचसय नौं मत प्राप्त गरेका थिए ।  उपमेयरमा नेकपा एमालेकी मिना लामा नेकपा माओवादी केन्द्रका बलराम बल लाइ ६ हजार तीसय ३४ मतले पछि पारेर लामा बिजयी बनेकी छिन ।

उप मेयर लामाले  २३ हजार चारसय ३४ र बलले १७ हजार एकसय मत पाएका थिए ।

मेयरमा निर्वाचित ५८ वर्षिय महत राजनीतिसँगै सामाजिक र खेलकुद क्षेत्रका का चर्चित व्यक्ति हुन । उनी २०४९ र २०५४ सालमा हेटौँडा नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए ।  हेटौँडामा ८६ हजार पाँचसय ९७ मतदाता रहेकोमा ६२ हजार दुईसय पाँच मत खसेको थियो । 













2173456 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top