एमालेबाट गौरमा साह मेयरमा र चन्द्रपुरमा चौधरी उपमेयरमा सिफारीस
राजनीति


एमालेबाट गौरमा साह मेयरमा र चन्द्रपुरमा चौधरी उपमेयरमा सिफारीस

राजनीति 127 पटक पढिएको रौतहट ८ जेठ प्रकाशित मिति:



एमालेबाट गौरमा साह मेयरमा र चन्द्रपुरमा चौधरी उपमेयरमा सिफारीस

नेकपा एमालेको तर्फ बाट रौतहटको गौर नगरपालिकाको मेयर पदमा शम्भु साहको नाम निर्बिरोध कमिटीमा पठाइएको छ । यस्तै चन्द्रपुर नगरपालिकाको उपमेयर पदमा रामरति चौधरीको नाम नगरकमिटीले निर्बिरोध रुपमा सिफारीस गरेको छ ।

गौरमा अन्य आकाक्षीले मेयर पदमा इच्छा नराखेपछि गौर नगरकमिटीले जिल्ला कमिटी लाइ साहको मात्रै नाम सिफरीस गरेको हो । 

यस्तै चन्द्रपुरमा अन्यले उपमेयरमा इच्छा नराखेपछि चौधरीको नाम सिफारीस भएर आएको  नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

शम्भु साहको घर गौर वडा नम्वर ३ मा रहेको छ । व्यपारीक पृष्ठभुमिका साह पछिल्लो समयमा सामाजिक र राजनितीक क्षेत्रमा सकृय छन । कुनै पनि पार्टीमा नलागेका साह केही महिना अघि एमाले मा प्रवेश गरेका थिए ।

यस्तै चन्द्रपुर नगरपालिको उपमेयर पदमा सिफारीस भएकी रामरती देवी चौधरीको घर चन्द्रपुर ८ सन्तपुरमा रहेको छ ।  चौधरी १० बर्ष देखि शिक्षण पेशामा छिन । 

 ५० बर्षिया चौधरीले त्यस अघि करीव ५ बर्ष नेपाल रेडक्रस सोसाइटीमा आवद्ध रहेर सामाजीक कार्य गरेकी थिइन । उनी गाउको बिभिन्न संघसस्थाहरुमा आवद्ध छिन । 

२५ बर्ष अघि आइए पास गरेकी चौधरीको परीवार  लामो समय देखि राजनितीमा सकृय रहदै आएको छ । गौरमा साह र चन्द्रपुरमा चौधरी दुवै बलियो उम्मेदवार भएको कार्यकर्ताहरुको बिश्लेषण रहेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 NEXT

English News



1371440 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top