पहिलो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान
राजनीति


पहिलो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान

राजनीति 50 पटक पढिएको प्रकाशित मिति:



पहिलो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान

काठमाण्डौ ३१ बैसाख / पहिलो चरणमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

३४ जिल्लाको ३ हजार ९ सय २१ मतदान केन्द्रहरुमा विहान ७ देखि साँझ ५ बजे सम्म मतदान भएको थियो । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३ सय ८३ स्थानीय तह मध्ये २ सय ८१ तहमा  भएको निर्वाचनमा भएको थियो । 


दुइ डोल्पाको शेफोक्सुन्डो र मनाङको नार्फूमा निर्वारोध भएकाले निर्वाचन गर्नु परेको थिएन । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनमा उत्साह जनकरुपमा जनसहभागिता रहेको समेत जानकारी दिएका छन ।

प्रमुख आयुक्त यादवले ७१ प्रतिशत मत खसेको बताए ।  दोलखा, काभ्रे र कोलिकोट गरी तीन मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।


दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा  काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा  यस्तै कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा  मतदान स्थगित भएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 NEXT

English News



1276204 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top