logo
20 Oct 2018   |   
राजनीति

भोट कसरी दिने , दिन नजान्दा बदर हुन सक्छ !



राजनीति   127 पटक पढिएको        
भोट दिन नजान्दा तपाइले दिएको मत बदर पनि हुन सक्छ , एक भोटले तपाइले चाहेको उम्मेदवारको हार हुन पनि सक्छ त्यसैले भोट कसरी दिने पढ्नु होस ।



१ कतिजना लाई भोट दिन सकिन्छ  ?

 सात जनालाई भोट दिन सकिन्छ ।

 पहिलो भोटः  अध्यक्ष वा नगर प्रमुख लाइ एउटा चुनाव चिन्हमा छाप लगाउनु पर्छ ।

दोस्रो भोटः  उपाध्यक्ष वा नगर उपप्रमुखका लाइ  दोस्रो कोलममा छाप लगाउनु पर्छ ।

तेस्रो भोटः वडाध्यक्ष लाइ तेस्रो कोलममा छाप लगाउनु पर्छ ।

चौथो भोटः महिला वडा सदस्य लाइ  चौथो कोलमा छाप लगाउनु पर्छ ।

पाँचौं भोटः दलित महिला वडा सदस्य लाइ  पाँचौं कोलममा छाप लगाउनु पर्छ ।

छैठौं र सातौं भोटः दुईजना वडा सदस्य लाइ  मतपत्रको पछिल्लो कोलममा रहेको चुनाव  चिन्ह मध्ये कुनै दुई मा छाप लगाउनु पर्दछ ।

२, सातै जनालाइ  भोट दिने की कुनै एक वा दुइ लाइ मात्रै दिन पाइन्छ ?

उत्तरः सात जनालाइ तपाइले  मत दिन पाइन्छ । तर, तपाईले म छनोट गरेर केही लाइ मात्रै मत दिन्छु भन्न पाइन्छ ।

३, प्रमुख वा उपप्रमुखमा फरक फरक दल बा व्यक्ति लाइ  मत दिन सकिन्छ की  सकिदैन 

?

उत्तरः सात जनालाइ मत दिनुपर्छ भन्नुको अर्थ एउटै तर्सो लाइनमा  मात्र दिनुपर्छ भनिएको होइन । छनोट तपाईको अधिकार हो  तपाई प्रमुख र उपप्रमुखमा फरक फरक पार्टी लाइ  मत दिन चाहनुहुन्छ भने पनिसक्नु हुनेछ ।

तर, मतपत्रको पहिले ठाडो लाइनमा  रहेका चिन्हहरु अध्याक्ष वा प्रमुखका लागी हुन र दोस्रो ठाडो लाइनमा रहेको उपध्यक्ष वा उपप्रमुखको हो ।  प्रत्येक कोलममा भएका दलको चुनाव चिहृन मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ ।

४ यदि  एउटै कोलममा तलमाथि मत दिए बदर हुन्छ ?

उत्तरः  सुरुवातका पाँचवटा ठाडो लाइनको  एक एक पदका लागी हो । तपाईले एउटा ठाडो लाइनमा भएका चुनाव चिहृनहरु मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ । तर, पछिल्ला दुई ठाडो लाइनमा  भने तपाई एउटै वा पहिलो दोस्रो लाइनमा  भएका एक एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।

५ पछिल्ला दुईवटा कोलममा एउटैको तलमाथि छाप लगाउन मिल्छ की मिल्दैन ?

उत्तरः  मिल्छ , साथै पछिल्ला दुई ठाडो लाइनमा  भने तपाईले एउटै हारमा वा पहिलो दोस्रो  लाइनमा भएका एक एक चुनाव चिहृनमा मत दिन पाइन्छ ।

६ अन्तिम  लाइनमा एउटै कोठामा दुईवटा चुनाव चिहृन छन , यस्तोमा के गर्ने ?

उत्तरः मतपत्रको अन्तिममा भएको एउटै कोठाभित्रका दुईवटा चिन्हहरु पनि एकैजना उम्मेदवारका लागि हो । त्यसमा लगाइएको छापले एकजनालाइ  मात्रै मत दिएको मानिन्छ ।

यसमा एउटै दलका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिहृन कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले  पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिहृनको व्यवस्था गरेको हो ।

७  के दुईवटा चुनाव चिहृन भएको ठाउँमा दुई पटक स्वस्तिक छाप हान्नुपर्छ ?

उत्तरः पर्दैन । दुईवटा चुनाव चिहृन भएको ठाउँमा पनि एकचोटि मात्रै छाप लगाए  पुग्छ । 

८, दुईवटा खुल्ला वडा सदस्य पदमा  फरक फरक पार्टीका उम्मेदवारलाइ  मत दिन सकिन्छ ?

उत्तरः मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा कुनै दुईवटा कोठामा मात्र मत दिनुपर्छ । यो २ जना खुल्ला वडा सदस्यको लागि हो । ९ः दलको  चुनाव चिहृनमाथि नै स्वस्तिक छाप हान्दा मत बदर हुन्छ ?

उत्तरः  सबैभन्दा राम्रो चुनाव चिहृन नजिकै रहेको खाली ठाउँमा छाप लगाउनु हो । चिन्हमा नै छाप लगाउदा पनि बदर भने हदैन ।

१०  मत बदर कसरी हुन सक्छ ?

मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाइ मत दिएमा बदर हुन्छ ।

त्यस्तै छैटौं र सातौं पदका लागि दुई लाइन  दिइएकोमा दुई भन्दा बढी उम्मेदवारलाइ  मत दिएमा पनि बदर हुन्छ ।

मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि तपाईको मत बदर हुन्छ ।

यस्तै स्वस्तिक छाप बाहेक अरु छाप लगाए वा संकेत गरेमा पनि तपाईको मत बदर हुन्छ ।

त्यस्तै दुई वटा चुनाव चिहृन रहेको कोठाको बीचमा एक अर्कालाइ छुने गरी गरी स्वस्तिक छाप लगाएमा पनि तपाईको मत बदर हुन्छ । उम्मेदवारको चिहृन रहेको कोठाभन्दा बाहिर  छाप लगाए पनि मत बदर हुन्छ 

११, मतदाता परीचय पत्र बिना पनि मत दिन पाइन्छ ?

पाइदैन । मतदाता परीचय पत्र नलिइ मत दिन जानु भयो भने  तपाइले मत दिन पाउनु हुने छैन ।













1782940 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top