logo
14 Dec 2018   |   
राजनीति

भरतपुरलाइ दक्षिण एसियाकै उकृष्ट महानगर वनाउने छु : मेयरका उम्मेदवार देवी ज्ञवाली



राजनीति   80 पटक पढिएको        
नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सफल पूर्व उपमेयर लोकप्रिय नेता हुन् देवी ज्ञवाली । भरतपुर महानगरपालिका ४ लक्ष्मीपुर स्थायी घर भएका ज्ञवाली २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन भरतपुर नगरपालिकाको उपमेयरमा विजयी भएर उत्कृष्ट काम गरेकाका कारण पनि उनी लोकप्रिय भएका छन् ।



आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट उम्मेदवार भएका छन् । तत्कालिन भरतपुर नगरपालिकामा उपमेयर भएर काम गर्दा उत्कृष्ट काम गरेको वापत सम्मानित भएपछि अझ उनको लोकप्रियता वढेको छ । 

उनकै नेतृत्वमा भरतपुरको केन्द्रीय वस टर्मिनल वनाउने योजना सुरु भएको थियो । उद्योग वाणिज्य संघ नारायणगढ संग सहकार्य गरेर काम गर्ने सुरुवात उनकै नेतृत्वमा भएको थियो । व्यवसाय करको थालनी उनकै पहलमा भएको कारण विदेशमा समेत कामको उच्च मुल्याङकन भएर नगरपालिका सम्मानित समेत भएको थियो । उनको नेतृत्वमा भएको कामको राम्रो कदर समेत गरेको थियो । भरतपुर क्षेत्रमा खानेपानी, ढलको निकास नभएको अवस्थामा त्यसलाई सहज ढंगबाट व्यवस्थापन गर्न सक्ने नेता हुनु ज्ञवाली । समाज र राष्ट्रका लागि केही काम गर्नु पर्छ भन्ने सोच लिएर हिडेका नेता ज्ञवालीसंग महानगरलाई दक्षिण एसियाकै उत्कृष्ट पार्ने योजना रहेको छ । उपमेयर भएर काम गर्दाको अनुभवलाई अव मेयर भएर नमुना काम गरेर देखाउने जोश मनमा मडारिएको छ ।

२०१९ असार ११ गते पर्वतमा जन्मेका उनी वि.सं.२०३० सालको सानै उमेरमा पुष्पलालले नेतृत्वले गरेको बाल सास्कृतिक समुहको सदस्य भएर नाटक खेलेका थिए । त्यसपछि २०३२ सालमा चितवन वसाइसरी आएका उनी पार्टी निकट विभिन्न संगठनमा आवद्ध भएर काम गर्न थाले । विस्तारै पार्टी प्रति निकटता वढ्दै गएर २०३६ सालमा अनेरास्वविय जिल्ला कमिटी अध्यक्ष भए । त्यसपछि पार्टी राजनीतिमा होमिए । दुइपटक एमाले चितवनको प्रमुख भएर जिम्मेवारी सम्हाली सकेका उनी पार्टीको केन्द्रीय सदस्य भारत विभाग प्रमुख भएर कुशल जिम्मेवारी निर्वाह गसिकेका छन् । उनै कुशल प्रष्ट वक्ता ज्ञवाली अहिले मत माग्नको लागि घरदैलो अभियानमा छन् । अभियानमा लागेका उनले महानगरमा भएको प्राकृतिक सम्पत्तिलाई आय आर्जनको बाटो अपनाएर दक्षिण एसियामा अवलोकन गर्न लायकको सहर वनाउने योजनाका साथ अगाडि वढेका छन् । नारायणी नदीको पानीबाट विद्युत उत्पादन, जलयात्रा, पर्यटकीय केन्द्रका रुपमा विकास गरेर आय आर्जन वढाउने सोच आफूसंग भएको उनी बताउछन् । उनको चुनावी एजेण्डा र सोचका विषयमा रहेर पत्रकार शालिग्राम नेपालले गर्नु भएको कुराकानी ।

१) भोट माग्न जनताको घरदैलोमा हुनुहुन्छ, मतदाताको चाहना के पाउनु भएको छ ?

यस पटकको निर्वाचनमा जनताको माझमा पुग्ने समय कम भयो । थोरै समयलाई सदुपयोग गरेर जनतासंग भोट मागेका छौं । करिव २० वर्षपछि स्थानीय तहको निर्वाचन हुदैछ । लामो समयपछि निर्वाचन हुन थालेकाले जनतामा एक खालको उत्साह छ । जनताले आफैले चुनेको जनप्रतिनिधि चाहेको मैले पाएको छु । आफुले रोजेका जनप्रतिनिधिले नगरको विकास गरुन भन्ने चाहना नगरवासीमा छ । जनताको चाहना अनुसारनै मैले मेयर पदमा उम्मेदवार दिएको छु । घरदैलोका क्रममा मलाई मतदाताले चुनाव जित्ने हौसला र शक्ति प्रदान गर्नुभएको छ । मतदाताले दिएको शक्ति नै मैले चुनाव जित्ने आधार हो । स्थानीयवासी भएकाले अव महानगरको विकास निर्माणको काम तपाइलेनै गर्नु पर्छ भन्नेहरु धेरै भेटिएका छन् ।

२) उपमेयर भएर काम गरिसक्नु भएको तपाइ मेयर हुने इच्छा कहाँबाट आयो ?

यो मेरो इच्छाले भएको होईन । यसमा जनचाहना मिसिएको छ । तत्कालिन समयमा निर्वाचित भएर काम गर्दा पूरा गर्न बाँकी रहेको केही सपना थिए । त्यो पुरा हुन सकेका छैन । जनताले पनि मलाईनै चाहेको अनुभव छ अनि ति सपना पुरा गर्नु छ । देशकै केन्द्र विन्दुमा रहेको चितवन र भरतपुरलाई नमुना सहर निर्माणको लागि वृहत योजना छ त्यो यस पटक पुरा गर्ने चाहना छ । मैले मेयर जितेमा महानगरको सम्वृद्धिका लागि काम गर्ने छु । उपमेयर भएर काम गरिसेकेको अनुभव तपाइमा भएकाले अव मेयरको नेतृत्व तपाइलेनै गर्नु पर्छ भनेर पार्टीले काम गर्न पठाएको छ । जनताले पनि मलाइ भन्नु भएको छ अनुभवी विकास प्रेमी भएकाले अव तपाईलेनै महानगरको नेतृत्व लिएमा सवै भन्दा उत्तम हुने कुरा महानगरवासीको छ । मेडिकल सिटीका रुपमा विकास हुदै गएको यस क्षेत्रमा व्यवस्थित रुपमा काम गर्नु पर्ने छ । सवै वडामा खानेपानीको व्यवस्था गर्नु पर्नेछ । नगरलाई आधुनिकता प्रदान गर्न बजार विस्तार र सडक मर्मतको काम तीब्र रुपले गरिएको थियो त्यसलाई अझ वृहत्तर गर्नु छ । स्मार्ट सिटी, महानगरलाई जोड्ने रिङरोड लगायत धेरै विकास गर्ने सपना छ । अब चुनाव जिते भौतिक पूर्वाधार, पर्यटकीय हिसावले उत्कृष्ट सहर, प्रविधिमैत्री नगर बनाउने छु । फोहोर मैला व्यवस्थापन हुन सकेको छैन । यसलाई व्यवस्थापन गर्नु छ । हरियाली युक्त नगर वनाउने छु । दक्षिण एसियाकै नमुना सहर वनाउने मेले उद्येश्य हो ।

३) तपाईले चुनाव जित्ने विश्वासिलो आधार के हो ?

चुनाब जित्ने आधार जनताले गरेको विश्वास हो । म स्थानीय छु । मेरो रगत पसिना यही माटोमा मिसिएको छ । यही माटोका लागि काम गरे, लोभ लालच, अनैतिक काम, भ्रमको खेती मबाट भएको छैन त्यसैले देवी ज्ञवाली मेयर भयो भने महानगरको विकाससंगै जनचाहना पुरा गर्छ भन्ने विश्वास मतदातामा छ । मलाई सबैले विश्वास मात्र होईन माया पनि गर्नुहुन्छ । म जनताको विश्वासको आधार बन्न चाहन्छु । अहिलेसम्म साथ दिनुभएको छ । यो पटक पनि मलाई साथ दिनुहुन्छ । मैले चुनाव जितिसकेपछि म सबैको मेयर हुनेछु । मेरो काममा राजनीतिक गन्ध आउन दिने छैन । मैले नगरवासीको विश्वास तोडदिन तोडन पनि हुदैन । मेरा विपक्षी पार्टीका साथीहरुसंग सहकार्य गरेर अगाडि वढ्ने छु । उनीहरुको साथ सहयोग लिएर अगाडि वढ्ने छु ।

४) तपाईको चुनाबी एजेण्डाहरु के के छन ?

चुनाबी एण्जेण्डा भन्दा पनि नगरको विकासका लागि मेरो उम्मेदवारी हो । अबको मेरो एक मात्र सर्त महानगरका सम्वृद्धि हो । मैले भरतपुर महानगरलाई ग्लोबलाईजेसन गरेर विश्वमा चिनाउने मेरो धोको छ । त्यसको लागि मेघौली, गोलाघाट, जगतपुरलाई, देवघाटलाई आफ्नो विशेषताको आधारमा विकास गरेर विश्वसामु चिनाउने प्रयास गर्नेछु । यही क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला, सभागृह, पार्क निर्माण गरी ग्रामिणबस्तीहरुसंग जोडेर अन्र्तराष्ट्रियकरण गर्ने योजना छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको व्यवस्था गरी  नागरिकलाई अधिकार सम्पन्न बााईने छ । यहाँ व्यवसाय, उद्योग, कलकारखाना खोल्न सकिन्छ । त्यस्तै पार्वतीपुर, शुक्रनगर कृषिका लागि उपयुक्त स्थान हो । आवासको लागि उपयुक्त स्थानको छनौट गर्ने, त्यस्तै अन्य स्थानलाई केन्द्रीत गरी कृषि भूमि र आवास क्षेत्र विभाजन गरेर विकास अगाडि वढाउने छु ।

नगरमा काँग्रेस माओवादी तालमेल गरेर चुनावी मैदानमा आउनु भएको छ तपाइको जित कसरी हुन्छ ?

सवै भन्दा पहिला हाम्रो पार्टीले लिएको एजेण्डा सवै भन्दा महत्वपूर्ण हो । त्यसपछि मेरो इमान्दारिता, मेरो योजना, मैले हिजो उपमेयर भएर गरेका राम्रा काम, मैलै यस नगरवासीको समस्या पिर मर्काको वारेमा संगै हिडेको काम गरेको, स्थानीय यही माटोमा मेरो रगत पसिना वगेको छ । नेपाली काँग्रेसका मित्रहरुसंगै परिवर्तनको आन्दोनमा होमिएको छु । निरंकुश राजत्रन्त्रको अन्त्यका लागि आवाज उठाउदा जेल परेको छु, यहीका जनताको समस्या संग वर्षौदेखि जुधेको छु, मतदाताको घरदैलोमा पुगेको छु सामान्य जीवन यापन गरेको छु इमान्दार काम र कर्तव्य प्रति वफादार छु यही आधारमा मैलै जित्ने छु । मतदाताले मलाई चिन्नु भएको छ र उहाँहरुलाई पनि मैले चिनेको छु म यहीको स्थानीय हु समस्या परेमा सवैले संधै भेट्न सक्ने व्यक्ति म हो । त्यसलै चुनावी तालमेत भयो भन्दैमा मतदाताले मलाई अविश्वास गर्नु हुन्छ भन्ने मलाइ लागेको छैन । हाम्रो पार्टीको पनि उपस्थिति वलियो छ र मलाइ माया गर्नेहरु पनि धेरै हुनुहुन्छ ।












2139202 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top