logo
19 Dec 2018   |   
समाज

चितवन र उदयपुरमा चट्याङ लागेर तीन जनाको मृत्यू



समाज   127 पटक पढिएको        
चितवन मा एकजना र उदयपुरमा दुइजनाको चट्याङ लागेर मृत्यू भएको छ । स्थानीय तहको चुनावमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कालिका नगरपालिका–११ का सदस्य पदका उम्मेदवार ३८ वर्षिय सिफल चेपाङको चट्याङ लागेर मृत्यू भएको हो ।




उम्मेदवारको मृत्यू भएपछि सो वडाको चुनाव स्थगित भएको छ । उम्मेदवारको मृत्यू भएपछि स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६० बमोजिम निर्वाचन स्थगित गरिएको हो ।

यस्तै उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको मंगलवार बिहान घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यू भएको छ ।

त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने ५५ बर्षका बलबहादुर बस्नेतको पनि घरमा कसीरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको छ । पछिल्लो समय नेपालमा  चट्याङ लागेर बर्षेनी सयौ मानिसको ज्यान जाने गरेको छ ।

चट्याङ परेका बेला उपनाउनु पर्ने सावधानी 

चट्याङ परेका बेला घर बाहिर निस्कनु खतरनाक हुन्छ , विद्युतीय धार आकाशबाट पृथ्वी तिर केन्द्रित हुने भएकाले  पहाडको उच्च भागमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

 उच्च स्थानमा घर, टहरा, गोठ , रुखमा पनि चट्याङ पर्ने सम्भावना धेरै हुने बिज्ञहरु बताउछन ।  चट्याङ पर्दा रुखमुनि ओत लाग्नु खतरा हुन्छ , बिजुलीको खम्बामुनि पनि बस्नु हुदैन ।

 खेतबारीमा काम गर्नुहुदैन , पोखरी तथा नदीमा  पौडी खेल्नु पनि खरारा हुन्छ । गाडी भित्र हो भने झ्यालढोका बन्द गरेर बस्नुपर्छ ।  चट्याङ पर्ने परीहेको बेलामा  सहारा लिने स्थान नभेटीए घुँडाले  टेकेर हात टाउकोमाथि राखेर निहुरिएर बस्नु राम्रो मानिन्छ । बिधुतीय समान  समेत प्रयोग गर्न नहुने बिज्ञहरुले बताएका छन ।













2173518 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top