चन्द्रपुरमा योग शिक्षक तालिम सम्पन्न
समाज


चन्द्रपुरमा योग शिक्षक तालिम सम्पन्न

समाज 127 पटक पढिएको प्रकाशित मिति:



चन्द्रपुरमा योग शिक्षक तालिम सम्पन्न

रौतहट २५ बैसाख/ पतन्जली योग समिती नेपालको ओयोजना रौतहटको चन्द्रनिगाहपुरमा संचालित योग प्रशिक्षक तालिम समापन भएको छ ।

१५ दिन सम्म बिहान र बेलुका दिइएको प्रशिक्षक तालिममा २० जना भन्दा बढीको सहभागिता भएको थियो । तालिममा बिरगज, चितवन तथा काठमाण्डौका योग गुरु हरुले प्रशिक्षण दिएका थिए ।

सोमवार एक कार्यक्रमको आयोजना गरी तालिम समापन गरीएको पतन्जली योग समिती चन्द्रपुर नगर अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन । सोमवार नै श्रेष्ठको अध्यक्षतामा ११ सदसिय समिती समेत गठन भएको समितीका महामन्त्री जयनारायण पौडेलले जानकारी दिएका छन ।

तालिममा पतन्जदी योग समितीका केन्द्रिय सदस्य तथा योगगुरु टिका खतिवडाले योग तथा आयुर्वेदको बारेमा जानकारी दिएका थिए । स्वास्थ्य समाज र समृद्ध नेपाल निमार्णका लागी घरघरमा जागृती ल्याउने उदेश्यले देशभर योग शिविरहरु संचालनमा रहेको समेत योगगुरु खतिवडाको भनाइ छ ।समापन कार्यक्रममा समितीका रौतहट जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ महामन्त्री बलिराम साहको उपस्थिती रहेको थियो । चन्द्रनिगाहपुरमा बिगत एम महिना अघि देखि नियमति रुपमा योग अभ्यासहरु भैरहेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 NEXT

English News



1717117 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top