logo
11 Dec 2018   |   
मनोरञ्जन

बलिउडका यी जोडी, जो विवाह पहिले रहे ‘लिभिङ टुगेदर’मा



मनोरञ्जन   35 पटक पढिएको   कलमपाटी     
बलिउड स्टारको जीवन हमेशा चर्चामा रहने गर्दछ । को कहाँ डेट गर्दैछन् रु कसले कसलाई डेट गर्दैछ रु आदी/इत्यादी समाचारको बिषय बन्ने गरेको छ । आज चर्चा बलिउडमा ति स्टारको गर्न खोजिएको छ । जो विवाह पहिले लिभिङ रिलेसनमा समेत रहेका थिए ।



अनुष्का शर्मा र विराट कोहली

अनुष्का र विराट गतबर्ष विवाह बन्धनमा बाँधिए । यी दुवैको प्रेम चर्चा निकै भयो । इटालीमा गुपचुप विवाह गरेका यो जोडी विवाह अगाडि लिभिङ टुगेदरमा केही बर्ष रहेका थिए ।

सैफ अली र करीना कपुर

करिना कपुर खान र सैफ अली खानले २०१२ मा विवाह गरे । फिल्म ‘टशन’को सुटिङको दौरानमा यी दुवै एकअर्काको नजिक भए । सम्बन्ध अगाडि बढ्दै जाँदा उनीहरु बिच प्रेम बस्यो । विवाह अगाडि यी दुवै रिलेसनसिपमा समेत रहेका थिए ।

कुणाल खेमु र सोहा अली खान

अभिनेत्री सोहाको पनि कुणालसँग रिलेसनसिपपछि विवाह भएको थियो । विवाह पछि दुवै एकदमै खुसी छन् । दुवैको एक छोरा छन् ।

आमिर खान र किरण राव

विवाह अगाडि रिलेसनसिपमा रहेका कलाकार जोडीमा आमिर र किरणको नाम पनि आउँछ । किरण अनिलकी दोस्रो पत्नी हुन् । आमिर र किरण केही बर्ष रिलेसनसिपपछि विवाहमा बाँधिएका हुन् ।

ट्युलिप जोशी र कप्तान विनोद

अभिनेत्री ट्युलिप जोशीले पनि कप्तान विनोदसँग विवाह लिभिङ टुगेदरपछि गरेकी हुन् । यी दुवै लामो समय लिभिङ टुगेदरमा रहेका थिए । साभार रातोपाटी












2105210 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top