logo
11 Dec 2018   |   
मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘प्रसाद’



मनोरञ्जन   21 पटक पढिएको   कलमपाटी     
आजबाट चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो चलचित्र देशभर प्रदर्शनमा आएको हो ।



एकल रिलिज अवसर पाएको यो चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम विवाह गरेका जोडीको सन्तान नहुँदाको अवस्था चित्रण गर्न खोजेको छ ।

चलचित्रको बुधबार राजधानीमा प्रिमियर समेत गरिएको थियो ।

विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत लगायतको मुख्य भुमिका रहेको चलचित्रमा निश्चलले नेगेटिभ भुमिकामा निर्वाह गरेका छन् । 

करिब ५ दर्जन बढी चलचित्र भवनमा आएको यो चलचित्रले सिंगल थिएटर एक्लै पाए पनि मल्टिप्लेक्समा भने बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माण रहेको नेपाली भाषाको चलचित्र ‘पाहुना’ र सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित चलचित्र ‘केदारनाथ’सँग प्रतिस्पर्धा गर्नेछ । गतसाताको चलचित्र ‘२।०’ले पनि अहिलेसम्म राम्रो दर्शक पाइरहेको छ ।













2105207 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top