logo
17 Jan 2019   |   
खेलकुद

डियाजको साथमा प्राण भर्ने दाउमा रियल



खेलकुद   26 पटक पढिएको   कलमपाटी     
स्पेनिस क्लब रियल म्याड्रिड यस सिजन खराव नजिताबाट गुज्रिएको छ । टोलीको प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डो सिजनको सुरुवाटै युभेन्ट्स लागेपछि रियल ला लिगामा त्यति जम्न सकेको छैन ।



त्यसैले रियल अहिले टोलीमा नयाँ खेलाडी अनुबन्ध गर्न कस्सिएको छ । रियलले सोमबारमात्र इङ्लिस क्लब म्यानचेस्टर सिटीका युवा मिडफिल्डर ब्राहिम डियाजलाई टोलीमा अनुबन्धित गरेको छ । 

रियलले १९ बर्षीय डियाजलाई १५.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । डियाजको अनुबन्ध ६ बर्षको रहेको छ । उनी सन् २०२५ को अन्त्यसम्म रियलमा रहनेछन् । डियाजलाई सोमबार सान्टियागो बर्नबेउमा रियलका अध्यक्ष फियोरेन्टिनो पेरेजले सार्वजनिक गरेका थिए । रियलले डियाजलाई २१ नम्बरको जर्सी पनि दिएको छ ।

रियलसँगको अनुबन्ध पछि डियाजले आफ्ना लागि यो क्षण जीन्दगीकै महत्पूर्ण भएको बताए । ‘मैले सानैदेखि रियलबाट खेल्ने सपना देखेको थिए । जुन आज पूरा भयो,’ डियाजले भने । स्पेनको यू–२१ समूहका खेलाडी डियाज सन् २०१३ मा १४ बर्षको उमेरमै स्पेनिस क्लब मालागाबाट म्यानचेस्टर सिटी गएका थिए । एजेन्सी











2291979 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top