logo
17 Dec 2018   |   
खेलकुद

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा



खेलकुद   20 पटक पढिएको   कलमपाटी     
काठमाडौं १७ मंसिर । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।



आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोलअन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे ।  खेलको ३५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनालाई २(० गोलको जित दिलाएका हुन् ।  जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ । साभार अनलाईन खबर












2158088 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top