logo
17 Dec 2018   |   
खेलकुद

शिर्ष टोलीसँगका दुरी घटाउँदै रियल म्याड्रिड



खेलकुद   19 पटक पढिएको   कलमपाटी     
स्पेनिस ला लिगाको उपाधि दावेदार रियल म्याड्रिडले शिर्ष टोलीसँगको अंक दुरी घटाउने प्रयास गरेको छ ।



अघिल्लो खेलमा इबरसँग पराजित भएपछि निराश बनेको रियलले शनिबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई २–० गोलले हरायो । रियलले भ्यालेन्सियाको आत्मघाती गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको आठौं मिनेटमै बल बचाउने क्रममा भ्यालेन्सियाका डानियल वासको हेड प्रहारले आत्मघाती गोलको बाटो समाएको थियो । त्यसपछि ८३औं मिनेटमा लुकास भाजक्वीजले गोलगर्दै रियलको जित सुनिश्चित पारेका थिए । 

इस जितसँगै रियल तालिकाको पाँचौं स्थानमा छ । रियलले १४ खेलमा २३ अंक बनाएको छ । एक खेल कम खेल्दै शिर्ष स्थानमा रहेको सेभिल्लाको २६ अंक छ । दोस्रो स्थानमा आसिन बार्सिलोनाको २५ अंक छ । भ्यालेन्सिया १७ अंकका साथ तेह्रौं स्थानमा छ ।

यसैगरी शनिबार रातीनै भएको अन्य खेलमा सेल्टाभिगोले एसडी हुएस्कालाई २–० गोल, गटाफेले स्पान्योललाई ३–० गोल र लेगानेसले रियल भालाडोलिडलाई ४–२ गोलले पराजित गरेका छन् । एजेन्सी











2158117 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top