logo
17 Dec 2018   |   
खेलकुद

नेयमारको गोलमा लिभरपुलमाथि पीएजसीको सान



खेलकुद   19 पटक पढिएको   कलमपाटी     
घाइते नेयमार फर्किएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले इङ्लिस टोली लिभरपुलमाथि सानदार जित हात पाररेको छ ।



युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको खेलमा पीएसजीले लिभरपुललाई २–१ गोलले हरायो ।

पीएसजीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि जुआन बर्नाट र नेयमारले गोल गरे । लिभरपुका लागि जेम्स मिल्नरले एक गोल गरे ।

पीएसजीले १३ओं मिनेटमा जुआनको गोलमा अग्रता लिएको थियो । ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

ब्राजील टोलीमा अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा घाइते भएका नेमार एकसाताको विश्रामपछि खेलमा फर्किएका हुन् । अघिल्लो सातानै घाइते भएका केलियन एम्बापेले लिभरपुलबिरुद्ध डटेर खेले ।

पीएसजीको अग्रतापछि आक्रामक देखिएका लिभरपुलले ४५औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काएको थियो । लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुललाई खेलमा फर्काएने प्रयास गरे ।

तर दोस्रो हाफमा पीएसजीले आफ्नो रक्षापंक्ति थप बलियो बनायो । गज सिजन पीएसजीलाई हराएको लिभरपुलको अर्को गोल फर्काउने प्रयास सफल बन्न सकेन ।

जितसँगै पीएसजीले नकआउट चरणमा प्रवेशको सम्भाना बलियो बनाएको छ । समूह सी मा पाँच खेलबाट आठ अंक बनाएका पीएसजी दोस्रो स्थानमा छ ।

लिभरपुलको ६ अंक छ । शिर्ष स्थानमा रहेको इटालियन सिरिए टोली नापोली ९ अंक छ ।

बुधबार रातीनै भएको खेलका नापोलीले एफके कार्भेना जाभेज्डालाई ३–१ गोलले हराउँदै शिर्ष स्थान बनाएको हो । एफके कार्भेना जाभेज्डाको चार अंक छ । एजेन्सी











2158433 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top