logo
19 Dec 2018   |   
खेलकुद

स्वारेज चम्किँदा बार्सिलोनाको जित



खेलकुद   53 पटक पढिएको   कलमपाटी     
स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले २-१ ले पछि परेको अवस्था उल्ट्याउँदै अन्तिम ३ मिनेटमा दुई गोल गरेपछि महत्त्वपूर्ण जित हात पारेको हो ।



बार्सिलोनालाई जिताउन लुइस स्वारेजले २ तथा ओस्मान डेम्बेले एक गोल गरेका थिए । घरेलु टोलीका लागि जोसे पोजो र अल्भारो गार्सियाले गोल गरेका थिए । खेलमा फर्कनका लागि ३ मिनेट बार्सिलाेनाका लागि महत्वपूर्ण रह्यो ।

खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानोले अग्रता लियो।

लगभग लगभग हारको उन्मुख रेहो बार्सिलोनालाई ८७ औं मिनेटमा ओस्मान डेम्बेलेले बराबरी गोल फर्काए। त्यसको केही बेरमै लुइस सुआरेजले गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए।

अन्तिम तीन मिनेट रोक्न नसक्दा घरेलु टोलीले बार्सिलोनामाथिको ठूलो जित निकाल्न सकेन।

जितसंगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।












2176789 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top