खेलकुद


विश्वकप ड्रः स्पेन र पोर्चुगल एउटै समूहमा, अर्जेन्टिना समूह डीमा

खेलकुद 10 पटक पढिएको १६ मंसिर, काठमाडौं प्रकाशित मिति:


विश्वकप ड्रः स्पेन र पोर्चुगल एउटै समूहमा, अर्जेन्टिना समूह डीमा

रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ ।

मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ ।

यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ ।

विश्वकप २०१८को उदघाटन खेल भने आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

कुन समूहमा कुनकुन देश परे ?

समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट

समूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरान

समूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क

समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया

समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया

समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया

समूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा

समूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



678162 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top