logo
17 Dec 2018   |   
अर्थ / व्यापार

रौतहटको सन्तपुर मेलाको मुख्यमन्त्री राउतद्धारा उद्घाटन



अर्थ / व्यापार   8 पटक पढिएको   कलमपाटी     
रौतहट ८ मंसिर // चन्द्रपुर नपा ८ स्थित सन्तपुरमा शनिवार देखी शुरु भएको समाचकेवा महोत्सव तथा कार्तिकेश कुवर मेलाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन ।



रौतहटको सन्तपुरमा मेला २०३४ साल देखि हरेक बर्ष लाग्दै आएको छ । बिगत केही बर्ष देखी समाचकेवा पर्वलाइ संरक्षण गर्नका लागी समाचकेवा महोत्सव समेत आयोजना गरीदै आएको  छ ।

उक्त मेला तथा महोत्सवको शनिवार दिउसो प्रदेश २ का मुख्यमन्त्री मो. लालवावु राउतले उद्घाटन गरेका छन ।

मेला उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मेला महोत्सवले सास्कृतीको संरक्ष्ण गर्नूका साथै व्यपार लाइ प्रर्वधन गर्ने बताएका छन ।

कार्यक्रममा प्रदेशका कृषि तथा भुमि व्यवस्था राज्यमन्त्री योगेन्द्र प्रसाद यादवले कृषि ,व्यापार र पर्यटनको बिकासका लागी प्रदशे सरकारले बिभिन्न कार्यक्रमहरु अगाडी ल्याएको बताएका छन ।

कार्यक्रममा प्रदेशकी भौतिक योजना राज्यमन्त्री डिम्पल झा, संसद धनलाल ठोकर, राम किशोर यादव, चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , बृन्दावनका मेयर रामस्नेही यादव , चन्द्रपुरकी उपमेयर रामरती चौधरी लगाएत बिभिन्न पार्टीका नेताहरुको उपस्थिती रहको थियो ।




महोत्सवमा दैनिक एककरोड भन्दाबढीको कारोवार हुने आयोजक समितीका अध्यक्ष जितेन्द्र चौधरीले बताउका छन ।

दैनिक २० हजार भन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।  मेलामा करीव तीनसय स्टलहरु छन । 

कृषि उत्पादनको प्रर्दशनी,सास्कृतिक कार्यक्रम, बिभिन्न खेल तथा व्यापारीक स्टलहरु राखिएको छ ।

युवा तथा वालबालिकाहरुको लागी खेल सामाग्रीहरु समेत मेलामा छ । मेला मंसिर १२ गते सम्म चल्ने छ ।





पुराना सस्कृतिको संरक्षण तथा स्थानियस्तरमा उत्पादीत बस्तुहरुको व्यापार तथा प्रर्वधन गर्ने उदेश्यले २०३४ सालदेखी मेला लाग्दै आएको सन्तपुरका समाजसेवी अखलेश्वर चौधरीले बताएका छन ।

 मेला हेर्नका लागी मकवानपुर, सिन्धुली, सर्लाही, बारा, पर्सा, महोतरी , धनुषा तथा भारतको बिभिन्न स्थानहरु बाट  मानिस आउने गरेका छन ।





मेलामा थारु समदायले झीरा नाज, समाचकेवा गित तथा बिभिन्न थारु सस्कृति झाकीहरु प्रर्दशनका साथै बिभिन्न मनोरन्जनका कार्यक्रमहरु र नृत्य प्रतियोगिताको आयोजना हुने छ । मेलामा डान्स,ड्रामा,सर्कस लगाएतको खेलहरु समेत रहेको आयोजक समितीले जनाएको छ ।

मेलाको सुरक्षाको लागी नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।











2157836 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top