उखुको पैसा नपाए पछि किसानले मिलका कर्मचारी घेरे
अर्थ / व्यापार


उखुको पैसा नपाए पछि किसानले मिलका कर्मचारी घेरे

अर्थ / व्यापार 127 पटक पढिएको प्रकाशित मिति:



उखुको पैसा नपाए पछि किसानले मिलका कर्मचारी घेरे

रौतहट २८ कार्तिक रौतहटमा उखु किसानले श्रीराम सुगर मिलका महाप्रवन्धक तथा फर्म इन्चार्ज लाइ मंगलवार नियन्त्रणमा लिएका छन ।

मिल लाई उँखुु दिनका लागी किसानलाई जानकारी दिन गएका श्रीराम सगर मिलका महाप्रबनधक चन्द्रशेखर तिवारी,र्फम ईन्चार्ज रामकिशोर सिह लाइ उनीहरु  चढेको ना २ च ६५०१ नम्बरको जिप सहित  बिजयपुुर लक्ष्मिनियाका किसानले नियज्त्रणमा लिएका हुन ।

लक्ष्मिनिया , दुुधिअवा,हनुुमानगन्ज मा रहेको मिलको उखु तौल गर्ने  काँटा बाट किसानले मिललाइ दिएका उखुको करीव १करोड २५ लाख बक्यौता रकम चार बर्ष देखी भुुक्तानी नदिएको भन्दै किसानले मिलका कर्मचारी लाइ नियन्त्रणमा लिएका थिए ।

मिलका उखु महाप्रबन्धक तिवारीले बांकी रहेको रकम ं तिर्दैजाने र यस बर्षको नया उँखुुको रकम १५ दिन भित्र भुुक्तानी गर्ने किसानलाइ जानकारी दिएपनि किसानले पहिलेको भुक्तानी हुनु पर्ने माग मा अडान राखेका छन ।

किसानले नियन्त्रणमा लिएका कर्मचारीहरु लाइ साझ मिल प्रशासन संग बार्ता गर्ने गरी छाडेका छन ।

पटक पटक मिलमा तालाबन्दी,मिल प्रशासन बिरुद्ध आन्दोलन गर्दै आएको भएपनि उधोगले अघिल्ला बर्षहरुको उखुको करीव २० करोड रुपैया किसान लाइ दिन बाकी रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक जयसवालले जानकारी दिएका छन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



1141529 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top