अर्थ / व्यापार


सन्तपुर मेलामा दैनिक एक करोड भन्दा बढीको कारोवार

अर्थ / व्यापार 35 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


सन्तपुर मेलामा दैनिक एक करोड भन्दा बढीको कारोवार

रौतहट २५ कार्तिक // रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा लागेको श्री कार्तिकेश कुवार मेलामा दैनिक एक करोड भन्दा बढीको कारोवार भएको छ ।

६ दिन सम्म लागेको मेलामा एक लाख भन्दा बढी मानिसले अवलोकन गरेका छन । कार्तिक १९ गते देखि लागेको कार्तिकेश कुवर मेला शनिवार सकिएको छ । दैनिक २५ हजार भन्दा बढीले मेला अवलोकन गरेको मेला आयोजक समितीका संयोजक जितेन्द्र चौधरीले जानकारी दिएका छन ।

मेलामा कृषि उत्पादनको प्रर्दशनी , सास्कृतिक कार्यक्रम, बिभिन्न खेल तथा व्यापारीक स्टलहरु राखिएको थियो । ४० बर्ष अघि देखि नियमितरुपमा सन्तपुरमा लाग्दै आएको सो मेलामा यसबर्ष ३ सय भन्दा बढी व्यापारीक स्टल रहेको थियो ।

मेला अवलोकन गर्नका लागी मकवानपुर, सिन्धुली, सर्लाही, बारा,पर्सा बाट समेत मानिसहरु आएका छन  / थारु समुदायले निकै हर्षोउल्लासका साथ मनाउने समाचकेवा पर्वको अवसरमा हरेक बर्ष सन्तपुरमा मेला लाग्दै आएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



642460 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top